Jilla Ban Notis

नवलपरासीको नेपाली कांग्रेसको विवादले केन्द्रमा हल्ला खल्ला ।

0 33

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को कार्यबाहक सभापतिको जिम्मेवारी अर्जुन पोखरेलबाट खोसेर विष्णुप्रसाद पौडेललाई दिएको प्रति डा.शशांक कोइरालाले विरोध जनाएका छन् । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाउँदै पार्टीमा एकताको वातावरणलाई विथोलेको आरोप लगाएका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवाले फागुन २३ गते पौडेललाई जिल्ला सभापतिको जिम्मेवारी दिएर पार्टी विथोल्ने काम गरेको पत्रमार्फत आरोप लगाएका छन् । महामन्त्री कोइरालाले उक्त निर्णयको विरोध गर्दै तत्काल सच्याउनका लागि आग्रह समेत गरेका छन ।

Leave A Reply

Your email address will not be published.