Jilla Ban Notis

नवलपरासीको जहदामा ट्रिपरको ठक्करबाट एक जनाको ज्यान गयो

0 17

बर्दघाट,बैशाख–९
पश्चिम नवलपरासीको जहदामा ट्रिपरको ठक्करबाट विहिबार एक जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन । जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर १२ अन्र्तगत चिसापानी महेशपुर सडकखण्डमा विहिबार विहान दक्षिणबाट उत्तर तर्फ आइरहेको ना ४ ख २२९६ नम्बरको ट्रिपरले सोही दिशा तर्फ आइरहेको यु पी ५६ ए सी ९८०२ नम्बरको भारतिय मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार ३ जना मध्य चालक सरावल ५ फुलवरिया बस्ने अन्दाजी बर्ष २१ का धनई राजभरको घटनास्थलमै ज्यान गएको हो ।
त्यसैगरी सोही स्थान बस्ने बर्ष ३१ का ब्रह्मा राजभर र बर्ष २२ का चिन्तामणि राजभर घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ । घाइते दुबैजनाको शहिद स्मृती सामुदायिक अस्पताल चौपत्तामा उपचार भइरहेको र अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक डिएसपि राजु लामाले जानकारी दिनुभएको छ ।
घटना पश्चात ठक्कर दिने सवारीलाई स्थानयिबासीले तोडफोड र आगजनीको प्रयास गरेपछी स्थानयि र प्रहरी बीच केही समय अवस्था तनावग्रस्त भएको थियो ।

Leave A Reply

Your email address will not be published.