Jilla Ban Notis

 नवलपरासीको गण्डक नहरमा डुबेर एक युवाको मृत्यु

0 29

बर्दघाट,भदौ–२१

पश्चिम नवलपरासीको सुस्ता गाउपालिका वार्ड नं. २ स्थित गण्डक  नहरमा डुबेर एक युवाको  मृत्यु भएको छ । सुस्ता गाउपालिका वार्ड नं. २ बस्ने बर्ष १८ को राज बनिया को पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जानकारी दिएको छ । शनिबार दिउसो ३ बजे गण्डक नहरमा पौडी खेल्न गएका बानिया डुबेर बेपत्ता भएपछि गण्डक नहरको पानी सुकायर प्रहरी र स्थानियले खोजी कार्य गर्दा आईतबार दिउसो १२ बजेको समयमा शब फेला परेको प्रहरीले बताएको छ । मृतक को शब लाई कानुनी प्रक्रिया पुरा गर्न जिल्ला पृथ्वी चन्द्र अस्पताल पठाईएको बताईएको छ । भारतीय व्यवस्थापनमा रहेको १५ हजार क्युसेक पानी प्रवाह क्षमता रहेको गण्डक नहरमा यस बर्ष ४ जना ब्यक्तिको डुबेर मृत्यु भएको बेलाटारी प्रहरीले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.