Jilla Ban Notis

नवलपरासीका सात वटै स्थानिय तहमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

0 43

गौरीशंकर जयसवाल

परासी १३ फागुन
नवलपरासीमा पहिलो चरणको स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । पश्चिम नवलपरासीका सात वटै स्थानिय तहहरुमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ,बर्दघाट नगरपालिका ,सुनवल नगरपालिका , पाल्हीन्दन गाउँपालिका ,प्रतापपुर गाउँपालिका सुस्ता गाउँपालिका सरावल गाउँपालिकामा पहिलो चरणको स्वास्थ्य बिमा कार्यक्रम सुरुवात गरिएको स्वास्थ्य बिमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक मनोज पौडेलले जानकारी दिए । आम नेपाली नागरिकहरुको स्वास्थ्य उपचारमा सहज पहँुच पुयाउने र स्वास्थ्य उपचारमा हुने अनियमित खर्चलाई न्यूनिकारण उदेश्यले उक्त कार्यक्रमकोे अयोजना गरिएको पौडेलले बताए ।

नेपालको संविधान २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रूपमा समेटिएको छ भने संविधानको धारा ५१ ‘ज’ १५ मा राज्यका नीति निर्देशक सिद्धान्तअन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै उनीहरुको स्वास्थ्योपचारमा पहुँचको व्यवस्था मिलाउने भनी उल्लेख गरिएको छ ।

पहिलो चरण सुरुवात गर्ने पूर्व तयारी गर्ने रामग्राम नगरपालिका ,बर्दघाट नगरपालिका ,सुनवल नगरपालिका , पाल्हीन्दन गाउँपालिका ,प्रतापपुर गाउँपालिका सुस्ता गाउँपालिका सरावल गाउँपालिकामा प्रतिनिधी तथा सरोकारवालाहरुरसंग स्वास्थ्य बिमा सम्बन्धी अभिमुखिकरण गरिएको पौडेलले जानकारी दिए ।

उनको अनुसार स्वास्थ्य बीमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरङ, अन्तरङ र आकस्मिक कक्षबाट प्रदान गरिने सेवा, स्वास्थ्य बिमा कार्यक्रमले तोकेका र परीक्षण सेवा पनि पाउने भएका छन । स्वास्थ्य बिमा कार्यक्रम जिल्लाभर लागू गर्न सबै स्थानीय तहका वडा–वडामा दर्ता सहयोगी जनशक्ति नियुक्त गरिने छ जिल्लाका १८ वडामा एक÷एक जनाका दरले सहयोगी नियुक्त गर्नुपर्छ ।

सोही अनुरुप रामग्राम नगरपालिकामा प्रतिनिधी तथा सरोकारवालाहरुसंग स्वास्थ्य बिमा सम्बन्धी अभिमुखिकरण एक दिने कार्यक्रम सम्पन्न भएको छ । रामग्राम नगरपालिकाका निमित्त प्रमुखप्रशासकिय अधिृकत रुद्रप्रसाद रेग्मी अध्यक्षतमा भएको कार्यक्रममा रामग्राम नगरपालिका उपप्रमुख रम्भा कुवाँरले विपन्न र असहाय परिवारका लागि यो अझै प्रभावकारी हुने बताउँदै हामी जनप्रतिनिधिहरुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिईन । कार्यक्रम संचालन भने सुक्रौली स्वास्थ्य चौकीका प्रमुख बालिराम सापकोटा भएको कार्यक्रमा वडानं ६ वडाध्यक्ष जितेन्द्र प्रसाद गुप्ताले लगायतले बोलेका थिए ।
कार्यक्रममा रामग्राम वडानं १ देखी १८ सम्मका वडाअध्यक्ष कार्यपालिकाका सदस्यहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.