Jilla Ban Notis

नवलपरासीका बिभिन्न गाउँटोलमा अपरिचित ब्यक्ति प्रबेश निषेध शुरु ।(फोटो फिचर सहित )

0 33
कृष्ण ढकाल / उमेश बि.क
चैत– १३
विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड( १९)को प्रभाव दिनानुदिन बढिरहेको अवस्थामा नेपाल उच्च जोखिमको सुचिमा रहेकोले पश्चिम नवलपरासीको बिभिन्न गाउँटोलमा अपरिचित ब्यक्ति प्रबेश निशेध शुरु भएको छ ।   कोराना भाईरसबाट बच्नका लागि सरकारले देशभर लकडाउन गरेपछि देशका अधिकांश शहर सुनसान देखिएको छ  भने गाउँघरका चोक चौराहमा पनि स्थानीयले लक डाउनलाई गम्भिर रुपमा नलिएपछि  स्थानिय युवाहरु ले टोल प्रवेशमा निषेध गर्न शुरु गरेका छन् ।  नवलपरासीका विभिन्न गाउँ टोलका युवाले सडक नै बन्द गरेर अर्काे गाऊको मानिसलाई आफ्नो गाऊ प्रवेशमा रोक लगाएका छन् । ‘लक डाउनको पालना गरौं, आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने पोस्टर ब्यानरसहित नवलपरासीका विभिनन स्थानका सचेत युवाहरु लक डाउनलाई पुर्ण कार्यान्वय गर्न लागि परेका छन् ।
सोही क्रममा  बर्दघाट नगरपालिका वडा नं २ को टोलबिकास संस्था,सूर्य ज्योति युवाक्लब तथा समाजका सचेत युवाहरुमिलेर चिसापानीका विभिन्न सडकमा आवत जावत वन्द गराईएको छ भने मिलिजुली टोलबिकास संस्थाको अगुवाईमा चिसापानी ब्लक नं. १  को प्रवेशद्वार नै बन्द गरीएको छ ।
चिसापानी ब्लक नं. १ को प्रवेशद्वार
उता सरावल गाउँपालिका वडा नं.२ मनरी गाउँका युवाहरुले अपरिचित व्यक्तिलाई प्रवेश निषेध सहित गाउँ प्रवेश नाकाहरुमा तारवार सहित वाटो बन्द गरिएको सुशान्त शर्माले जानकारी दिनुभएको छ ।  उहांका अनुसार सरावल गाउँपालिका वडा नं. २ अहिरौलि,  मनरी हेल्थपोस्ट अगाडि , मनरी गाउँ ,बासा जाने बाटो ,परासी जाने बाटो लगाएतको बाटोमा तारवार सहित वाटो बन्द गरिएको छ ।
सरावल गाउँपालिका वडा नं.२ मनरी
त्यस्तै जभाभावी सवारी चलाउने र गाउँ बाहिरका मानिसहरुको चहलपहल बढेपछि सुस्ता गाउँपालिका वडा नं.३ रेवारेता तथा सुस्ता गाउँपालिका वडा नं. ५ मा अवस्थित शिवशक्ति युवा क्लब सकरदिनहीका युवाहरुले पनि अपरिचित व्यक्तिलाई आफ्नो टोल प्रवेशमा निषेध गर्दे  सडकमा वारलगाएका छन् ।
सुस्ता

Leave A Reply

Your email address will not be published.