Jilla Ban Notis

नवपरासीमा ओद्योैगिक ग्राम स्थापनागर्न पहल गर्ने ः मन्त्री शाही

0 30

गौरशंकर जयसवाल

परासी ९ मंसिर

लुम्बिनी प्रदेशका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले उद्योगी व्यवसायीहरुलाई प्रदेश सरकारले १० लाख सहुलियतमा ऋण उपलब्त्र गराउदै आएको त्यसलाई बढाएर रु २० लाख सहुलियत ऋण उपलब्ध गराउने निर्णय गरेको बताएका छन । त्यसको लागि मन्त्रालायले कार्यबिधी बनिसकेपछि उद्योग व्यवासयिहरुलाई तुरुन्त ऋण उपलब्ध गराउने बताए । आज पश्चिम नवलपरासीमा घरेलु तथा साना उद्योग कार्यालय परासीले सातौ उद्योग दिवस तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री शाहीले यस्तो बताएका हुन । उनले नवलपरासी उद्यौगिक ग्रामको सम्भवाना धेरै बोकेको जिल्ला भएकोले यहाँ ओद्यौगिक ग्राम स्थापना गर्ने शाहीले बताए ।

नवलपरासीमा उखु मिल संचालनहरु बदामसी गरेको र किसानहरुलार्ई समयमा भुक्तानी नदिएको भन्दै समयमा किसानहरुलाई भुक्तानी दिलाउने पहल गर्ने मन्त्री शाहीको भनाई थियो । केरा खेती गर्ने किसानको केरा खेर नजावस भनेर मन्त्रालायले केराको चिप्स बनाउन तालिमको लागि बजेट बिनियोज गरिएको मन्त्री शाहीले बताए

भारतबाट आर्यात भएका केही हदसम्म रोक लागएर भएपनि नेपाली केरालाई बजारमा बिक्री बितरण गर्नको बजारिकरण व्यवस्था मिलाउने सधै प्रदेश सरकार तत्पर रहेको मन्त्री शाहीले ठोकुवा गरे । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत गंगाधार पाण्डेले गत आर्थिक बर्ष सबैभन्दा कृषि तथा बनपैदवारमा पन्ध्र सय ५७ दर्ता त्यसपछि सेवामुलक चार सय ७० वटा उद्योग दर्ता र उत्पादनमुलक एक सय ४० वटा गरी २१ सय ६७ उद्योगहरु दर्ता भएकोे जानकारी दिए । उनको अनुसार आब आर्थिक बर्ष ०७८।०७९ कार्तिक सम्म सबैभन्दा कृषि तथा बनपैदवारमा चार सय ३३ वटा ,सेवामुलक एक सय ८९ र उत्पादनमुलक ४५ वटा गरी ६ सय ६७ उद्योगहरु कार्यालय दर्ता भएको बताए ।कार्यालयले चालु आ.बा बिनियोजित रकम बारे जानकारी गराएका थिए । त्यसको बिभिन्न कार्यक्रम औद्योगिक ग्राम तथा प्रबद्र्धनको कार्यक्रमहरु रहेको र बिभिन्न किसिमको तालिम संचालन गर्ने उद्योग अधिकृत पाण्डेले जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला प्रशासान कार्यालय परासीका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिह माझी, जिल्ला समन्वय समितीका प्रमुख शिवशंकर राय,उद्योग बाणिज्य संघ परासीका अध्यक्ष केशव भण्डारी, नेपाल पत्रकार महासंघका जिल्ला शाखा अध्यक्ष हरि शर्मा,लघु घरेलु तथा साना उद्योग महासघका अध्यक्ष मेघराज गौतम घरेलु तथा साना उद्योग कार्यालय मनोज चौधरी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.