Jilla Ban Notis

नवलपरासीको प्रतापपुरमा झुन्डिएको अवस्थामा एक शव फेला

0 25

सहबान अन्सारी

प्रतापपुर,माघ–२१
नवलपरासीको प्रतापपुर गाँउपालिका वडा नं. ८ मा  झुन्डिएको अवस्थामा एक शव फेला परेको छ ।   बद्रिघाट नर्सही सडक खण्ड अन्तर्गत  फटकी टोलामा  करिब २ सय मिटर दक्षिण तर्फ रुखमा करिब ४५ बर्षिय ब्यक्तिको शव स्थानियहरुले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । मृत  घटनास्थल देखी सय मिटर उत्तरतर्फ सडकको छेउमा गए राति बेवारिशे अवस्थामा लु ४६ प ६१६१ नम्बर भएको मोटरसाईल समेत भेटिएको  प्रहरीले जनाएको छ।  घटना बारे थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा उनी बर्दघाटका पसले हुन सक्ने अनुाम लगाईएको छ।

Leave A Reply

Your email address will not be published.