Jado Notish Bardaghat

धौलागिरी टोलमा टोलविकास संस्था गठन हुन सकेन ।

0 76

बर्दघाट,असार–२२
बर्दघाट नगरपालिका वडा नम्वर ४ को धौलागिरी टोलमा नेतृत्व चयन स्थगीत भएको एक महिना वितिसक्दा पनि अझै सम्म टोलविकास संस्था गठन हुन सकेको छैन ।

विकास संस्था गठन हुन नसकेको वडा नम्वर ४ का वडाअध्यक्ष वेदविना तिवारीले बताउनु भएको छ ।

उता ८८ जना टोलवासीको सहमति भएकोले आफु टोलको अध्यक्ष बन्नु पर्ने दाविगर्दै आउनु भएका भिम बहादुर के.सी.ले टोलका १ सय २० घर धुरी मध्ये बहुमतले आफुलाई अध्यक्ष बन्नका लागि सहमति दिएकाले आफुलाई टोल विकास संस्थाको अध्यक्ष बनाउनु पर्ने भन्दै वडा कार्यालयमा हस्ताक्षर सहित निवेदन दिएको बताउनु भएको छ ।

धौलागिरी टोल विकास संस्थाको वार्षिक साधारण सभा तथा नेतृत्व चयन कार्यक्रम गत जेष्ठ १८ गते स्थगित भएको थियो ।

   

 

Leave A Reply

Your email address will not be published.