Jilla Ban Notis

दुवै मृगौला पिडित राम प्रसाद चौधरीको अपिल(भिडियो सहित)

0 65

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२
नवलपरासीको सरावल–१,सालवासका राम प्रसाद चौधरीले आफुबच्न चाहेको भन्दै सबैसंग सहयोग मागेका छन् । विगत एक वर्ष पहिले उपचारका क्रममा आफ्ना दुबै मृगौलाले काम गर्न छोडेको थाहा पाएसंगै उपचारको खोजीमा भौतारीएका राम प्रसाद अहिले आर्थिक अभावका कारण सबैसंग आर्थीक सहयोगको माग गरेका छन ।

त्यसैगरी कुनै मृगौला दान गर्ने दानविर र आर्थिक सहयोगी पाईन्छकी भन्दै सबैसंग हारगुहार गरीरहेका छन् । सानै देखि मिस्त्री पेशा गर्दैआएका रामप्रसाद केहि वर्ष यता ठेकेदार समेत बनेका थिए । एक्कासि आफु विरामी भएर उपचार गर्दा दुबै मृगौला फेल भएर डायलोसिस गर्दै आएका राम प्रसादले अहिले हप्तामा दुई पटक डायलोसिस गर्दै आएका छन् । डाईलोसिसको एक पटकमा करिव ६ हजार खर्च लाग्ने भएकाले आफुसंग तत्काल उपचार गर्न समेत समस्या भएको भन्दै उनले सबैसंग सहयोगको अपेक्षा गरेका हुन ।

Leave A Reply

Your email address will not be published.