Jilla Ban Notis

दुई दिने गाई,भैंसी तथा बाख्रा पालन तालिम सम्पन्न

0 42
उमेश बि.क
सरावल ,१७ असाेज
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ मनरीमा दुई दिने गाई,भैंसी तथा बाख्रा पालन तालिम सम्पन्न भएको छ । सरावल गाउँपालिका पशुशाखाकाे अायाेजनामा वडा वडा नं. २ का कार्यवाहक अध्यक्ष बिजय सिंह गुप्ताकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा तालिम सम्पन्न भएको हाे।
               तालिममा बाेल्दै गाउँपालिका अध्यक्ष चाैधरीले आधुनिक र व्यवसायिक तरिकाले गाई,भैंसी तथा बाख्रा पालन गरी आम्दानी गर्ने तथा तालिममा सिकेका कुराहरुलाई लागु गर्नुपर्ने कुरामा सबैको जोड थियो । तालिममा सरावल गाउँपालिका वडा नं. २ अन्तर्गत ३० जना पशुपालक कृषकहरुकाे सहभागीता रहेको पशु प्राबिधिक यम अर्यालले जानकारी दिनुभएको हाे ।
तालिमको सहजिकरण पशु प्राबिधिक भरत काफ्ले तथा धर्मेन्द्र यादवले गर्नुभएको थियाे ।
 https://www.youtube.com/watch?v=YOSBpj-P0O4&t=15s

Leave A Reply

Your email address will not be published.