Jilla Ban Notis

दुईवटा गाडी सहित ४४ लाख ६५ हजार मुल्य बराबरको अवैध मालसामान बरामद

0 22

गौरीशंकर जयसवाल

परासी १३ माघ
नवलपरासी प्रहरीले अवैध कारोवारमा संलग्न २ वटा गाडी सहित ४४ लाख ६५ हजार मुल््य बराबरको अवैध मालसामान बरामद गरेको छ । प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट भारतबाट अबैध रुपमा भन्सार छली नेपाल ल्याउदै गरेको अवस्थामा उक्त अबैध मालमान गाडी बरामद गरेको हो ।
जिल्लाको बर्दघाट नगरपालिका वडानं ४ बाढीपिडीत स्थित भित्री सडकमा पर्किङ गरिहेको अवस्थामा वानटेस्ट कारलाई चेक जाच गर्दा उक्त करमा भन्सार छली भारतबाट ल्याएका मोटर पार्टसहरु फेला पारी गाडी सहित ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए ।
उक्त मोटर पार्टस सामानको मुल्य ८४ हजार वानस्टेट गाडी ३० मूल्य गरी ३० लाख ८४ हजार बराबरको रहेको केसीले बताए । बरामद सामान र गाडी आवश्यक कर्वाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरीले जनाएको छ ।
त्यस्तै भारतबाट भन्सार छली अवैध रुपमा लु १ ज ४२७९ नं.को पिकअपमा राखि ल्याउदै गरेको १०४ प्याकेटमा ४१६ पिस टायल सरावल गाउँपालिका वडा नं। ७ मोजरैया स्थितबाट सिमा प्रहरी चौकी महेशपुरको प्रहरी टोलीले गाडी र गाडी चालक सहित नियन्त्रणमा लिएको छ । उक्त टायलको मुुल्य १ लाख २४ हजार ८ सय र पिकअप गाडीको मुल्य ९ लाख गरी जम्मा १० लाख २४ हजार ८ सय मुल्य बराबर जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी राजु लामाले जानकारी दिए । बरामद टायल,गाडी र गाडी चालकलाई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।
यस्तै भारतबाट भन्सार छली अवैध रुपमा ल्यादै लुकाई छिपाई राखेको अन्दाजी २ लाख २७ हजार ४ सय ३४ मुल्य बराबरको थान कपडा, धनियाको बिउ, गरम मसला, लगायतका मालसामान ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं। ७ ज्यामिरेभारबाट बरामद गरेको डिएसपी लामाले बताए । उक्त बरामद सामान आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ । प्रहरीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अन्दाजी १ लाख ९ हजार १ सय मुल््य बराबरको अबैध सामान बरामद गरेको छ ।

बिभिन्न पार्टपुर्जा, थाल ढोकाको कब्जा , चिनी, सुर्तीलगायतका मालसामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं। वडा नं। ७ बुलन्दपुर स्थितबाट बरामद गरेकोहो । उक्त बरामद सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी १९ हजार ६ सय मुल्य बराबरको ४९ गोटा ९९८ केजी० जिउदो बोईलर कुखुरा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले रामग्राम नगरपालिका वडा नं। १६ हकुई स्थितबाट बरामद गरेको छ । उक्त बरामद कुखुरा आवश्यक कारवाहीको लागि महेशपुर पशु क्वारेन्टाईनमा बुझाईएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.