Jilla Ban Notis

त्रिबेणी धाममा माघे औसी स्नान गर्ने भक्तजनहरुको भिड ।

0 142
कृष्ण ढकाल
बर्दघाट,माघ–१०
नवलपरासीको धार्मिक तथा पर्यटकिय स्थल त्रिबेणी धाममा माघे औसी स्नान गर्ने भक्तजनहरुको शुक्रवार भिड लागेको थियो ।  नेपालका विभिन्न स्थान र भारतको बिहार तथा उत्तर प्रदेश बाट नवलपरासीको धार्मिक तथा पर्यटकिय स्थल त्रिबेणी धाममा माघे औसी स्नान गर्न भक्तजनहरु  त्रिवेणी आउने गर्दछन । केहि वर्ष पहिले सम्म निक्कै भिडलाग्ने त्रिवेणी धाममा पछिल्ला वर्षहरुमा केहि कमीआउन थालेको छ । पहिले पहिले स्नान गर्न आउने भक्तजनहरुका लागि समस्याहरु निक्कै हुने गरेपनि केहि वर्ष यता त्यसलाई ब्यवस्थीत गर्न थालीएको छ । यस वर्ष पनि मेला व्यवस्थीत बनाउन विभिन्न उपसमिति गठन गरेको विनयी त्रिवेणी गाउपालिका वडा न ६ का वडा अध्यक्ष पृतम बहादुर गुरूङले बताउनु भएको छ । उहांका अनुसार भवितब्य जोखीमका लागि उद्धार गर्न शसस्त्र प्रहरीको उद्धार टोली तैनाथ रहेको छ  भने  त्रिवेणी धाम क्षेत्रमा मेला अवधिभर मादक पदार्थ विक्री वितरण र सेवन गर्न निषेध समेत गरीएको  छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गर्दै  माघ ६ गतेदेखि माघ १२ गतेसम्म मादक पदार्थ विक्री वितरण र सेवनमा रोक लगाएको हो ।

Leave A Reply

Your email address will not be published.