Sarawal Ga pa

तेस्रो साहित्यिक,साङ्गीतिक तथा सांस्कृतिक घुम्ति कार्यक्रम सम्पन्न् ।

0 69

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२५
बर्दघाट नगरपालिकाद्धारा स्थापना गरीएको बर्दघाट प्रज्ञा प्रतिष्ठानले आज तेस्रो साहित्यिक,साङ्गीतिक तथा सांस्कृतिक घुम्ति कार्यक्रम सम्पन्न् गरेको छ । बर्दघाट प्रज्ञा प्रतिष्ठानको भाषा विभागले नेतृत्व गरीरहेको उक्त घुम्ति कार्यक्रम विभागका संयोजक हुमनाथ आचार्यको अध्यक्षता र कुलपति डा. घन श्याम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको थियो ।

बर्दघाट–९,पञ्चनगरमा रहेको राजा महात्मा पूर्णभद्र नमुना माबिमा भएको तेस्रो साहित्यिक,साङ्गीतिक तथा सांस्कृतिक घुम्ति कार्यक्रममा सहभागि नवोदिप बाल स्रष्टा देखि अग्रज बरिष्ठ साहित्यकारहरु तथा गायककारहरुले आ–आफ्नो प्रस्तुती प्रस्तुत गर्नु भएको थियो ।

प्रज्ञा परिषद् सदस्य कुस्माकर ढकाल (कृष्ण )को संचालन रहेको उक्त कार्यक्रममा प्रस्तुत गरीएका रचना वाचन तथा गायन कलाका वारेमा कार्यक्रमका प्रमुख अतिथि एवं बर्दघाट प्रज्ञा प्रष्ठिानका कुलपति डा. घन श्याम न्यौपाने परिश्रमीले एक÷एक गरी समिक्षा गर्दै आफ्नो भनाई सहित रचना वाचन गर्नु भएको थियो ।

बर्दघाट नगरपालिका वडा नं. ८,९,१० र ११ का साहित्यिक,साङ्गीतिक तथा सांस्कृतिक क्षेत्रका अग्रज तथा नवोदिप ब्यक्तित्वहरुलाई लक्षीत गरी कार्यक्रम आयोजना गरीएको हो । त्यस क्षेत्रका ४ वटै वडाका जनप्रतिनिधि र वडा कार्यालयहरुको सहयोग रहनेगरी संचालन गरीएको कार्यक्रममा बोल्दै वडा नं. ११ का वडाध्यक्ष फणेन्द्र चौधरीले प्रज्ञा प्रतिष्ठानले संचालन गरेको घुम्ति कार्यक्रम निक्कै प्रभावकारी रहेको बताउनु भएको थियो । उहांले प्रज्ञा प्रष्ठिान यसरी सबै वडाहरुमा पुग्दा हरेक क्षेत्रको प्रतिभाको पहिचान हुने र भएका स्रष्ठाहरुको निखारता आउने मा आफु विश्वस्त रहेको धारणा राख्नु भएको थियो ।

कार्यक्रममा बर्दघाट प्रज्ञा प्रष्ठिानका सचिव रामविलास पौडेल,परिषद् सदस्य जिवनाथ पौडेल ,लोक जि मिजार ,प्रज्ञा सभा सदस्यहरु,अन्य स्रष्टाहरु र राजा माबिका बिद्यार्थीहरुको समेते सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.