Jilla Ban Notis

तराईको जिल्लामा दुई सय शैयको आईसोलोशन सेन्टर निमार्ण गर्ने ः मुख्यमन्त्री पोखरेल ।

0 30

गौरीशंकर जयसवाल
परासी ४ जेष्ठ
प्रदेश नं ५का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाईरसको रोकथाम र त्यसबाट बाच्नको लागि सबै भन्दा उत्तम उपाय लकडाउन भएको बताएका छन । मुख्यमन्त्री शंकर पोखरेलले महामारीको लडाईको अस्त्र भनेकै लक डाउन र सामाजिक दुरी नै भएको बताए । आज कोरोना भाईरसको रोकथाम र त्यसबाट बाच्नको लागि स्थानिय तहले गरेको प्रयासकोबारे बुझन नवलपरासी आए मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार कोरोना भाईरसको रोकथाम र त्यसबाट बाच्नको लागि आफ्नो स्तरवाट लागि परेको बताएका छन् । मुख्यमन्त्री शंकर पोखरेलले समाजिक दुरी नै रामवण भएको बताउदै यसलाई पालन गर्नु नै उत्तम भएको बताएका थिए । प्रदेश सरकारले तराईको जिल्लामा २ सय शैयको वार्डको आईसोलोशन सेन्टर निमार्ण गर्ने निणर्य गरेको मुख्य मन्त्री पोखरेलले बताए । मुख्यमन्त्री पोखरेलले भने प्रदेश सरकारले प्रदेश स्तरको सीसी एमसीको निर्णयबाट प्रस्ताव अलिकती परिर्माजन गरी चार प्रकारको क्वारेन्टाईन व्यवस्थापन गरेको छौँ । प्रदेश न ५मा कोरोना संक्रमितीको उपचारको लागि चार वटा कोरोना शिषेश अस्पताल निमार्ण भएको बताउदै आवश्यकता अनुसार कोरोना संक्रमिती बिशेष अस्पताल बढाउदै जाने मुख्यमन्त्री पोखरेलको भनाई थियो । मुख्यमन्त्री पोखरेल स्थानिय तहरुललाई भने आम नगरबासीहरुलाई के भन्नुस बिश्स्त गराउनु भने कोरोना संक्रमितको उपचार गर्न प्रदेशले नै सबै उपचार जिम्मा लिएको छ चिन्ता नलिनुस भन्दै अग्रह गरेका थिए । प्रदेश सरकारले तराईका जिल्लाहरुमा बिपत व्यवस्थापन लागि जिल्ला बिपत व्यवस्थपन कोषमा ७ लाख बजेट पठाईएको भन्दै मुख्यमन्त्री पोखरेलले सुरक्षा निकायको कोरोना संक्रमणबाच्नको लागि २० वटा पीपीई पठाईएको बताए । स्थानिय तहरुले बितरण गरेका राहतमा पनि जसको चुलो बल्दै उसको चुलो बाल्न स्थानियहरुले यस बिषम परिस्थितीमा महत्वपूर्ण भूमिका खेल्न स्थानिय तहहरुलाई अग्रह गरेका थिए । कार्यक्रममा जिल्लाका सातवटै स्थानिय तहका प्रमुखहरुले कोरोना रोकथाम नियन्त्रण र त्यसको प्रयासको बारेमा मुख्यमन्त्री पोखरेललाई जानकारी गराएका थिए । कार्यक्रम जिल्ला समन्वय समीतीका प्रमुख शिवशंकर रायको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं ५ भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरी ,प्रमुख जिल्ला अधिकारी बसुदेव दाहाल,्प्रदेश सासद द्धय बैजनाथ जैसावल ,दिपेन्द्र अधिकारी ,भगवती भण्डारी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अजय केसी, सशस्त्र प्रहरीका प्रमुख भरत खानिया लागायतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.