Bardaghat notish

जेष्ठ नागरिक,अतिबिपन्न ,असहाय नागरिकहरुलाई ब्लान्केट,चमनप्रास बितरण

170

नन्दु यादव
सरावल,पौष–२९

पश्चिम नवलपरासी जिल्ला को सरावल गाउपालिका वडा न ५बडहरादुबौलिया मा दैबिक प्रकोप तथा राहत कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक,अति बिपन्न तथा असहाय नागरिकहरुलाई ब्लान्केट ,चमनप्रासर दोसल्ला बितरण गरिएको छ । सरावल गाउपालिका वडा न ५का वडा अध्यक्ष दिनेश शहानीको अध्यक्षता तथा प्रदेश सदस्य दिपेन्द्र अधिकारी को प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा १५० जना नागरिकहरुलाई बितरण गरिएको वडा अध्यक्ष दिनेश शहानीले बताउनु भयो ।कार्यक्रम विशेष अतिथि सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरी ,समाजसेवी शिवनाथ तिवारी,प्राधानाध्यापक रबिन्द्र गौड ,नेपाल पत्रकार महासघ जिल्ला कार्यसमिति नवलपरासी का सदस्य नन्दु यादव ,पत्रकार देशबन्धु यादव लगायतले बोल्नु भएको थियो ।कार्यक्रम मा बोल्दै प्रमुख अतिथि दिपेन्द्र अधिकारी ले जेष्ठ नागरिकहरुको सम्मान गर्नु हाम्रो सस्कार हो ।भगवानको पुजा गर्नु भन्दा आफ्नो बृध्दबृध्दा आमा बुवाको पुजा गरि आशिर्वाद लिन सके अति उत्तम हुने बताउनु भयो । सरकारले बृध्दाआश्रम बनाउनु भन्दा बृद्धाहरुको समय समयमा सम्मानित रुपले सहयोग गरिनुपर्ने बताए अहिलेको सरकारको बृध्दा भत्ता ५हजार मासिक गर्ने योजना रहेको बताउनु भयोे।साथै क्षेत्र बिकासमा कुनै पनि कसर बाकि नराख्ने समेत बताउनु भयो ।कार्यक्रम लाई श्रीराम गौडले सन्चालन गर्नु भएको थियो ।