Jilla Ban Notis

जिमिरेभारमा नगर स्तरीय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न ।

0 23

रामु भुसाल

बर्दघाट,माघ–२८
बर्दघाट नगरपालिका वडा नं ७ को आयोजनामा नगर स्तरीय हाजिरीजवाफ प्रतियोगीता मंगलबार जिमिरेभारमा सम्पन्न भएको छ । युवा तथा वाल क्लव खेलकुद तथा जनचेतनामुलक कार्यक्रम अन्र्तगत सम्पन्न कार्यक्रमको अध्यक्षयता बर्दघाट ७ का वडा अध्यक्ष धुर्व थारुको अध्यक्षयता तथा बर्दघाट नगरपालिकाका नगर शिक्षा अधिकारी ईन्द्र बहादुर कुवंरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर भित्रका २४ निजी तथा सामुदायिक बिद्यालयहरुको सहभागीता रहेको कार्यक्रममा राष्ट्यि मा वि कोटाहाका प्रअ शेषकान्त पौडेल , जिमिरेभार बजार विकास समितीका अध्यक्ष नरेन्द्र थापा, समाजसेवि पोषचन्द्र देवकोटा, कृष्ण प्रसाद देवकोटा, लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त हाजिरीजवाफ प्रतियोगीतामा ओशिस मोडल एकेडेमी बर्दघाट १६ सुर्यनगर प्रथम राजा महात्मा पुर्ण भद्र मा वि बर्दघाट ९ भुताहा  द्धितिय र कोपिला वाल क्लव बर्दघाट ३ लगुनाहा तितृय स्थान हासिल गरेका छन । उत्कृष्ट नतिजा प्राप्त गर्नेलाई यहि फागुुन ८ देखि १० सम्म जिमीरेभारमा संचालन हुुने जिमिरेभार महोत्सवका अवसरमा पुरुष्कृत गरीने आयोजकले जनाएको छ । बर्दघाट ७ का वडा सचिव होमनाथ भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन त्रिनेत्र युवा क्लवका सचिव राम प्रसाद सुवेदिले गर्नुभएको थियो । सो अवसरमा विभिन्न संघसंस्थाका प्रतिनीधि समाजसेवि, बुद्धिजिवी, जनप्रतिनीधि , सहभागी विद्यालयका शिक्षक लगाएतको उपस्थीति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.