कृष्ण ढकाल
बर्दघाट,चैत्र–२१
विभिन्न ब्यीक्तहरुको जन्मोउत्षव तथा वैवाहिक दिनको अवसरमा सहयोग गरेको रकमवाट संकलित रकमवाट दाउन्ने देवि महिला बहुउद्धेशीयसहकारी संस्थाले बर्दघाट नगरपालिकाले स्थापना गरेको नगरको प्रकोप ब्यवस्थापन कोषमा ५० हजार रकम जम्मा गरेको छ । संस्थाकी अध्यक्ष देवि पौड्यालको नेतृत्वमा नगरपालिका पुगेको कार्यसमिति,लेखा समिति सहतिको टोलीले नगर प्रमुख धिरज शर्मा वस्याल र प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यायलाई संयुक्त रुपमा चेक हस्तान्त्रण गर्नु भएको थियो । अतिबिपन्न तथा दैनिक ज्यालादारीका मजदुरहरुलाई खाद्यान्नल गाएत राहतको ब्यवस्थाका लागि आफ्नो संस्थाले सो रकम एन आई सी एशिया बैक बर्दघाट शाखाको प्रकोप ब्यवस्थापन कोषको खाता मा जम्मा हुनेगरी चेक रकम हस्त्रान्तण गरेको थियो । दाउन्ने देवि महिला बहुउद्धेशीय सहकारी संस्थाले आफ्नो सामाजिक सेवा कोषवाट सो रकम प्रदान गरेको बताउदै उक्त कोषमा रकम जम्मा गर्नु हुने सम्पूर्णलाई धन्वाद सहित उहांहरुले दिएको रकम सहि ठांऊमा सदुपयोग गरीएको अध्यक्ष पौडेलले बताउनु भयो ।

बर्दघाट न पा का नागरिक हरुले राहात कोषको बितरण वास्तविक पेशा गुमेकाआर्थिक रुपले न्यून बर्गिय नागरिकले पाए भनी प्रशंसा गर्न पाईयोस शुभकामना