Sarawal sit lahar Notis

जन्मदिनको अवसरमा वृक्षारोपण ।

0 153

माधब प्रसाद घिमिरे
बर्दघाट,भदौं–२५
बर्दघाट नगरपालिका वडा –४ ,दिब्यनगर निवासी स्वास्थ्यकर्मी एवं संचारकर्मी जिवन न्यौपानेले अफ्नो जन्मदिन पारेर वृक्षारोपण गर्नु भएको छ । जन्मदिनलाई फरक र विषेश गराउने योजना अनुसार आफुले २ सय बिरुवा रोपेर आफ्नो जन्मदिन मनाएको बताउनु भएको छ ।

बर्दघाट–४ दिब्यनगर पार्क माथिको खोला छेउमा भुक्षय बढ्दै गएको र पछि वस्तीमा समेत क्षतीहुन सक्ने संभावना रहेकाले सो क्षेत्रमा वृक्षारोपण गर्न अनुमति दिईएको पारिजात सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चुडामणी भण्डारीले बताउनु भएको छ ।

वृक्षारोपण कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष वेदवीणा तिवारी, सदस्य जनक रावल,दिब्यनगर टोल बिकास संस्थाका अध्यक्ष भिम बहादुर राना , शान्तिनगर टोल बिकास संस्था का कोषाध्यक्ष ,नर्मदा खत्री ,लाईफ लाईन मिडियाका संचालक सन्जय कंडेल र दिब्यनगर एवम् शान्तिनगरका सथानीय टोलबासीहरुको समेत सहभागिता रहेको थियो ।

डिभिजन बन कार्यालय नवलपरासी बडेरावाट निम,वेलपत्ता,जमुना,बेलौती,बाँस,टिक लगाएतका बिरुवाहरु ल्याएर आफ्नो जन्मदिनलाई विषेश दिनका रुपमा मनाउने कार्य गरेप्रति वडाध्यक्ष तिवारीले विषेश धन्यवाद दिदै अरुले पनि यसप्रकारका नमुना कार्यहरुको सिकोगर्नु पर्ने धारण राख्नुभएको थियो ।

साथीभाई जम्मा भएर फजुल खर्च गर्न भन्दा यसप्रकारका नयां नयां कार्य गरेर आफ्नो जन्मदिनको स्मरण गर्दा पछिसम्म पनि त्यसको सकरात्मक प्रभाव पर्ने वडाध्यक्ष तिवारीले बताउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.