Jilla Ban Notis

जनसभा सफल पार्न नेकपा नवलपरासीले गर्यो जिम्मेवारी बांडफांड

0 31

परासी, १९ माघ
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पश्चिम नवलपरासीले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा यही माघ २३ गते काठमाडौँ र फागुन १ गते बुटवलमा हुने विशाल जनसभा सफल पार्न पश्चिम नवलपरासीबाट पनि व्यापक जनसहभागिता जनाउने भएको छ ।

दुवैस्थानको जनसभामा जिल्लाबाट व्यापक जनसहभागिता गराउनका लागि आज नेकपा पश्चिम नवलपरासीले जनपरिचालन तथा विभिन्न समितिहरु गठन गरी जिम्मेवारी दिएको छ । आज वनकट्टीमा भएको जिल्ला कमिटीको बैठकले जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीको संयोजकत्वमा पार्टीबाट निर्वाचित जनप्रतिनिधि, केन्द्र, प्रदेश तथा जिल्ला कमिटी सदस्य, जनवर्गिय संगठनका अध्यक्ष तथा सदस्यहरु रहेको एक हजार एक सदस्यीय जनपरिचालन कमिटी गठन गरेको हो ।

यसैगरी उक्त कार्यक्रमलाई सफल बनाउन लेखनाथ खरेलको संयोजकत्वमा डोलराज भण्डारी, केशव भण्डारी, धनपद यादव, देवराज श्रेष्ठ, युवराज डुम्रे, शुसान्त घिमिरे, लेखनाथ न्यौपाने, सुर्य दुवे सदस्य रहेको आर्थिक समिति, धीरज शर्मा बस्यालको संयोजकत्वमा १२ सदस्यीय प्रचार–प्रसार समिति, सुभासचन्द्र जिसीको संयोजकत्वमा युवा परिचालन कमिटी, बद्रीमान श्रेष्ठको संयोजकत्वमा विद्यार्थी परिचालन कमिटी, राधा ढकालको संयोजकत्वमा महिला परिचालन कमिटी, राजन आचार्यको संयोजकत्वमा किसान परिचालन समिति, केशव भण्डारीको संयोजकत्वमा यातायात व्यवस्थापन समिति गठन गरिएको जिल्ला अध्यक्ष अधिकारीले बताउनुभयो ।

यस्तै २१ गते जिल्लाका सातै वटै पालिका कमिटीको विस्तारिक बैठक सम्पन्न गर्ने र उक्त बैठकहरुमा पार्टीका जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्यहरुले नेतृत्व गर्ने गरी कार्यविभाजन पनि गरिएको छ ।
नेकपाका जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीको अध्यक्षता तथा केन्द्रिय सदस्य तुलसी पासीको प्रमुख आतिथ्यमा भएको उक्त बैठकमा केन्द्रिय सदस्य बद्री खनाल, जिल्ला सदस्य लेखनाथ खरेल लगायतले बोल्नुभएको थियो भने केन्द्रिय सदस्यहरु बिमला अर्याल, थानप्रसाद गैरे, भगवती भण्डारी, राजु हरिजन लगायतको पनि उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.