Jilla Ban Notis

जनप्रतिनिधि र वडा सचिव लगायत आधा दर्जन व्यक्तिहरु किर्ते मुद्धामा संलग्न

पक्राउ पुर्जि र वारेन्टनामा जारी भए पनि प्रहरीले गर्यो पक्राउ गर्न आलटाल

0 32

गौरीशंकर जयसवाल
परासी ,जेठ १०
पश्चिम नवलपरासीको एक गाउ“पालिका का वडा अध्यक्ष र वडा सचिव लगायत आधा दर्जन व्यक्तिहरु किर्ते मुद्धामा संलग्न रहेको खुलेको छ । जिल्ला अदालत पश्चिम नवलपरासीले उक्त मुद्धामा संलग्नलाई पक्राउ पुर्जि र वारेन्टनामा जारी गरेको भए पनि प्रहरीले पक्राउ गर्न आलटाल गरेको पिडित पक्षले बताएका छन । वडा अध्यक्ष र अन्य संलग्न व्यक्तिहरु खुलेयाम गाउ“मा घुमिरहेको भएपनि प्रहरी चौकि गेर्मीले उनिहरुलाई पक्राउ गरेको छैन । पाल्हीनन्दन गाउ“पालिका वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रकास तेली, (वडा सचिव ­) गोविन्द कोहार , पाल्ही नन्दन गाउ“पालिका का तत्कालिक सचिव नन्दलाल कोहार , कार्यालय सहयोगी अमरलाल कोहार र ओम प्रकाश तेली गुप्ता सुवेदार शेषको विवाह दर्ता प्रमाण पत्रको मिति सच्याइ किर्ते गरेको अभियोगमा संलग्न रहेको खुल्न आएको छ। रामग्राम नगरपालिका ५ बस्ने सुवेदार शेषको लिखत जाहेरीले कसुर मुद्धामा संलग्न प्रतिवादीहरु सम्बन्धि वडा अध्यक्ष, कार्यालय सहयोगी अमरलाल कोहार र ओम प्रकाश तेली गुप्ता भने फरार रहेका छन ।
सोही मुद्धामा वडा सचिव गोविन्द कोहार पुरपक्षका लागी कारागार कार्यालय पश्चिम नवलपरासीमा थुनामा पठाएको छ भने पाल्हीनन्दन गाउ“पलिका का तत्कालिक सचिव नन्दलाल कोहार ६० हजार धरौटी सहित तारेखमा छाडेको जिल्ला अदालत पश्चिम नवलपरासीका निमिक्त श्रेस्तेदार तिर्थराज शर्माले बताएका छन । २०६५/ ५ /१५ जारी विवाह दर्तालाई निजहरुको मिलोमतोले २०६० /१२/१५ बनाएका थिए ।
सुवेदार शेष र प्रतिवादी सुबेदार शेष र रुक्साना शेष श्रीमान ,श्रीमती हुन अशंको विवाद भएपछि श्रीमतिले रुक्साना शेषले विवाह दर्ता प्रमाण पत्र सच्याएको भनि जिल्ला अदालत नवलपरासीमा श्रीमान सुबेदार शेषले मुद्धा दिएका थिए । किर्ते मुद्धामा संलग्न भनि ठहर भएमा ७ वर्ष कैद र ७० हजार जरीवानाको कानुनी व्यवस्था रहेको निमिक्त श्रेस्तेदार तिर्थराज शर्माले बताए ।

Leave A Reply

Your email address will not be published.