Jilla Ban Notis

जनता मावि सरावल–२,मनरीको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा विनायक शर्मा ।

0 32

सरावल,मंसीर–१६
नवलपरासीको सरावल–२,मनरीमा हरेको जनतामाविको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा विनायक शर्मा चयन हुनु भएको छ ।
सोमवार भएको शिक्षक अभिभावकहरुको भेलाले विद्यालय ब्यवस्थापन समिति गठन गरिएको हो । सोमबार विद्यालयको प्रांगणमा विद्यालयका अभिभावक, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, विद्यार्थी सम्मिलित बसेको बैठकले विद्यालयको नया नेतृत्व चयन गरेको थियो । भेलाले आगामी ३ बर्षका लागी बिनायक शर्माको अध्यक्षतामा ९ सदस्यिय विद्यालयको नया कार्य समिति चयन गरेको हो । जसको सदस्यहरुमा कोईली देवी यादव, तुलसी ठाकुर, बाबुलाल यादव, उषा कुमारी नाउ, शुशिला कुमारी चौधरी, सदस्य सचिव प्रदिप चौधरी, शिक्षक प्रतिनिधि हरि प्रसाद पर्छाई रहनुभएको छ । यस अघि गत मंसिर १० गते सम्पन्न भएको अभिभावकहरुको भेलाबाट ४ जना सदस्यहरु चुनिएकोमा सोमवारे त्यसलाई पुर्णता दिदै विद्यालयको समिति गठन गरेको हो

Leave A Reply

Your email address will not be published.