Sarawal sit lahar Notis

जनकल्याण साकोस बर्दघाट सेवा केन्द्रको साधारण सभा सम्पन्न

0 85

असोज ९

जनकल्याण बचत तथा ऋण सहकारी सस्था लिमिटेडको ३१ औं बार्षिक साधारण सभा अन्तरगत बर्दघाट सेवा केन्द्रमा सम्पन्न भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बेधविना तिवारीले साबिक पन्चनगरमा स्थापना भएर बर्दघाटमा सेवा केन्द्र मार्फत राम्रो सेवा दिएको बताउनु भयो । उहाका अनुसार बाहिरका सहकारीहरुलाई भन्दा स्थानीय स्तरका सहकारीहरुमा कर्मचारी, संचालक सबै चिनेको हुँदा बचत कर्तालाई राम्रो हुन्छ ।

स्थानीय स्तरमा संचालनमा रहेका सहकारीहरुले स्थानीयलाइ केन्द्रमा राखी नीति नियम बनाउने हुदा सहज हुने र बनेका निति नियम अनुसार सहकारी संचालन भएको वा नभएको जानकारी पाउने सकिने हुदा स्थानीय स्तरमै संचालन भएका सहकारी रोज्दा राम्रो हुने तिवारीको भनाइ रहेको छ । कार्यक्रममा सस्थाका कोषाध्यक्ष बामदेव अधिकारीले सस्थाको आर्थिक बर्ष २०७९/८० मा आर्थिक प्रतिबेदन आगामी नीति प्रस्तुत गर्नु भयो ।

बिगतमा १ लाख रुपैयाको दुर्घटना बिमालाई अहिले ३ लाख बनाइएको गत आर्थिक बर्ष ७ करोड १२ लाख आम्दानी गरेको र ५ करोड ८५ लाख खर्च गर्दै १ करोड २६ लाख नाफा कमाएको अधिकारीले बताउनु भयो । शेयर वृद्धि निति, बचत निति , ऋण निति, शेयर सदस्य बन्न, बनेका शेयर सदस्यले सेयर रकम थप गर्न, नियमित बचत गर्ने, कर्जाको किस्ता समयमा नै तिर्न सस्थाका अध्यक्ष कुलदिप आचार्यले बताउनु भयो । उहाँ भन्नुहुन्छ-” जनकल्याण सहकारी निति र बिधीमा संचालक रहेकाले शेयर सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्नुहोस् ।” सस्था स्थापना दिवसको अवसरमा असोज र कार्तिकमा सदस्य बन्दा प्रवेश शुल्क नलाग्ने अध्यक्ष आचार्यको भनाइ छ ।

कार्यक्रममा शेयर सदस्य गिरिराज पाण्डे, खगिसरा उपाध्याय, गङ्गा पाण्डे, थमादेबी पौडेल लगायतले बोल्दै सहकारीको सेवा प्रवाह सङ्ग सम्बन्धि जिज्ञासा राख्नु भएको संचालक समिती सदस्य सीता भण्डारीको स्वागत रहेको कार्यक्रमको संचालन सचिव चेत नारायण भण्डारीले गर्नु भयो ।

Leave A Reply

Your email address will not be published.