Jilla Ban Notis

छैठौं सूर्यनगर गोल्ड कपको उपाधि खनाल ब्रदश,रुपन्देहीले हातपार्यो

0 35

कृष्ण ढकाल
बर्दघाट,फागुन–२२
नवलपरासीको बर्दघाटमा गत फागुन १० गते देखि शुरुभएको छैठौं सूर्यनगर गोल्ड कप–२०७७ मा खनाल ब्रदश,रुपन्देही विजयी भएकोे छ । खनाल ब्रदश,रुपन्देहीले लेखनाथ यूनाईटेड,कास्कीलाई .ट्राईवेकरमा ६ गोलका विरुद्ध ७.गोल गरी छैठौं सूर्यनगर गोल्ड कप–२०७७को उपाधि हातपार्न सफल भएको हो
खेलको पहिलो हापमा कास्कीका जर्सी नं. १० का अमिर श्रेष्ठले पहिलो गोल गरेभने त्यसको जवाफमा २ मिनेट भित्र रुपन्देहीका जर्सी नं. ६ का अमित तामाङ्गले जवाफी गोल गरेपछि निर्धारीत समयमा खेल बराबरी भएको थियो ।
खेलको ट्राईवेकरमा खनाल ब्रदश,रुपन्देहीले ७ गोल र लेखनाथ यूनाईटेड,कास्कीले ६ गोल गरी १ गेलको अन्त.ले छैठौं सूर्यनगर गोल्ड कप–२०७७ को उपाधि हातपार्न सफल भएको हो ।
खनाल ब्रदश,रुपन्देहीले यस अघि अभिशेक चर्च रजहर र वि.एफ.सि. भरतपुरलाई ३/३ गोल गरी फाईनल खेलमा प्रवेश गरेको हो । त्यसैगरी लेखनाथ यूनाईटेड,कास्कीले यस अघि नेपाल गञ्जलाई ३ गोल र फर्साटिकरलाई १ गोलगरी फाईनलमा प्रवेश गरेको हो ।
नेपालका ४ प्रदेशहरुका १२ टिमले सहभागिता जनाएको प्रतियोगितामा विजेता टिमले ५ लाख ,मेडल र ट्रफि प्राप्त गरेको छ भने उप विजेता टिमले ३ लाख ,मेडल र ट्रफि मा चित्त ब’झाएको छ । त्यसैगरी प्रतियोगिताको विभिन्न पांच विद्यामा उत्कृष्ट भएका खेलाडीहरुलाई समेत जनही पांच हजारका दरले पुरस्कृत गरीएकोे छ ।
नव युवा क्लव बर्दघाट –१६ सूर्यनगरले आयोजना गरेको सूर्यनगर गोल्ड कपका विजेता तथा उप विजेतालाई बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालले पुरस्कार वितरण गर्नु भएको थियो ।
बर्दघाट नगरपालिकाको संरक्षकत्वमा सूर्यनगर रंगशालामा संचालन भएकोे छैठौं सूर्यनगर गोल्ड कप–२०७७ को समापन कार्यक्रम आयोजक संस्थाका अध्यक्ष भिमकाजी गुरुङ्गको अध्यक्षतामा भएको थियो ।

Leave A Reply

Your email address will not be published.