Jilla Ban Notis

चौपत्तामा अभिमुखीकरण कार्यक्रम  सम्पन्न

0 41

रामु भुसाल

बर्दघाट,कार्तिक–५
ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगरद्धारा संचालित सुरक्षित आप्रवासन परियोजना सामी हेल्भेटासको आयोजना र बर्दघाट नगरपालिकाको सहयोगमा बेदेशिक रोजगारीका लागी संभावित कामदार र बैदेशिक रोजगार बाट फर्किएका कामदारहरुका लागी एक दिने अभिमुखी करण कार्यक्रम बुधबार बर्दघाट १२ चौपत्ताको चन्द्रदोय बहुउद्धेश्य सहकारी संस्थाको सभाहलमा सम्पन्न भएको छ । बर्दघाट वार्ड नं। १२ कि वार्ड सदस्य गंगा बि।क को अध्यक्षतामा भएको कार्यक्रममा बेदेशिक रोजगारीमा जानु पुर्व गरिने तैयारी सिप तालिमको महत्व र सुचनाको बारेमा जानकारी गराइनुका साथै परियोजनाले गर्ने कामका बारेमा पनि सहभागीहरुलाई जानकारी गराईएको थियो ।

कार्यक्रममा बोल्दै बि.क ले गाँउ घरबाट युवाहरु लह लहैमा बिना सुचना र जानकारी बैदेशिक रोजगारमा जादा समस्यामा पर्ने गरेको र बैदेशिक रोजगारमा जादा सिप तालिम र सुचना लिएर गए राम्रो हुने बताउदै नगरले पनि युवा यृुवतीका लागी स्वरोजगार मुलक तालिमहरु ल्याएको बताउनु भयो । सो कार्यक्रममा बेदेशिक रोजगारीमा जान तयार भएका र बैदेशिक रोजगार बाट फर्केका र बैदेशिक रोजगारमा रहेका कामदारका परिवार लगायत सामी परियोजनाकी मनोपरामर्शकर्ता तारा सापकोटा, ईलाका प्रशासन कार्यालय सेमरीकी परामर्शकर्ता एकता न्यौपाने, रिटर्नि स्वयं सेवक चन्द्रा राना गरी ३० जनाको सहभागिता रहेको कार्यक्रमको सहजीकरण सुचना केन्द्रका परामर्शकर्ता मुन्ना हरिजन र सामी परियोजनाका रामु भुषालले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.