Jilla Ban Notis

सरावलका संस्थागत तथा सामुदायिक विद्यालयहरु तीन दिन बन्द ।

0 55

कृष्ण ढकाल
बर्दघाट,माघ–१५

नवलपरासीको सरावल गाउँपालिकाले भोली देखि ३ दिनका लागि पालिका भित्रका सबै संस्थागत तथा सामुदायिक विद्यालयहरु बन्द गर्न सुचना जारी गरेको छ । अधिकृत देशकान्त बस्यालद्धारा आज जारी सुचनामा केही दिन देखि चिसो एवं शितलहर बढ्दै गएपछी सरावल गाउँपालिका भित्र सामुदायिक तथा संस्थागत रुपमा संचालित विद्यालयहरुलाई ३ दिनको लागि पठनपाठन स्थगित गरेको उल्लेख गरीएको छ ।

मौसममा आएको आकस्मिक परिवर्तनले चिसो बढ्न गएको र यसले बिद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर गर्ने, रुघाखोकी लाग्ने,निमोनिया जस्ता समस्या बढ्न सक्ने भन्दै सामुदायिक र निजि विद्यालयहरु गाउँपालिकाले भोलि माघ १६ गते देखि माघ १८ गते आईतबार सम्म ३ दिन बिदा गर्न सूचना जारीगरेको छ ।

त्यसैगरी चिसोले बिषेशगरी बालबालिका र वृद्ध–बृद्धाहरुलाई बढी समस्या हुन सक्ने भएकाले उनीहरुको विषेश ख्याल गर्न पनि आग्रह गरेको छ । चिसोको कारण रुघाखोकी, निमोनिया जस्ता समस्याहरु महामारीको रुपमा फैलिन सक्ने हुनाले सुरक्षित र सचेतहुनका लागि अनुरोध समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.