Jilla Ban Notis

चिसापानी सामुदायिक वन उपभोक्ता समुहद्धारा बर्दघाट नगरको प्रकोप ब्यवस्थापन कोषमा ५० हजार रकम हस्तान्त्रण ।

0 34

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२१
बर्दघाट नगरपालिकाले स्थापना गरेको नगरको प्रकोप ब्यवस्थापन कोषमा आज चिसापानी सामुदायिक वन उपभोक्ता समुहले ५० हजार
रकम हस्तान्त्रण गरेको छ । कोरोना भाईरसको न्यूनिकरणका लागि लक डाउन भएसंगै नगर क्षेत्रका अति विपन्न तथा ज्याला मजदुरी गरेरखाने घरपरिवारहरुका लागि राहत सहयोग होस भनेर समुहले उक्त ५० हजार रकम हस्तान्त्रण गरेको समुहका अध्यक्ष होम बहादुर गुरुगंले गाउंले अनलाईनलाई बताउनु भएको छ । समुहका पदाधिकारीहरुले आज बर्दघाट नगरपालिका पुगेर नगर प्रमुख धिरज शर्मा वस्याललाई ५० हजार को चेक हस्तान्त्रण गरेका थिए ।
चिसापानी सामुदायिक वन उपभोक्ता समुहले आफ्नो मानविय सहयोग कोषमा १ लाख विनियोजन गरी बर्दघाट नगरपालिकालाई ५० हजारसरावल गाउंपालिकालाई ३० हजार र पाल्हिनन्दन गाउंपालिकालाई २० हजार रकम उनीहरुको प्रकोप ब्यवस्थापन कोषमा जम्मा हुनेगरी हस्तान्त्रण गर्ने निर्णय भएको समुहका सचिव अनिल गुरुगंले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.