Jilla Ban Notis

ग्याँस विक्रेता संघ नवलपरासीको अध्यक्षमा पुनः हरि अधिकारी

0 20

कृष्ण ढकाल
बर्दघाट,फागुन–७

ग्याँस विक्रेता संघ नवलपरासीको अध्यक्षमा पुनः हरि अधिकारी चयन हुनु भएको छ । आज बर्दघाटमा भएको ग्याँस विक्रेता संघ नवलपरासीको प्रथम साधारणसभा तथा अधिवेशनवाट अधिकारी पुनः अध्यक्षमा चयन हुनु भएको हो ।
११ सदस्य रहेको कार्य समितिको बरिष्ठ उपाध्यक्षमा डिल्लीराम शर्मा, उपाध्यक्षमा रमेश पाण्डे, सचिवमा युवराज भुसाल र कोषाध्यक्षमा चिरञ्जीवी सुवेदी रहनु भएको छ । त्यसैगरी सह सचिवमा मन्नु प्रसाद ठाकुर र सदस्यहरुमा सन्दिप अग्रहरी, खडानन्द पाण्डे, राजु न्यौपाने तथा महिला सदस्य शावित्री पाण्डे मिश्र र कमला अधिकारी रहनुभएको अध्यक्ष निर्वाचन मंडलले जानकारी दिएको छ ।
त्यसैगरी संघको लेखा समिति पनि आज नै चयन भएको छ । जस्को संयोजकमा देवेन्द्र प्रसाद गुप्ता र सदस्यमा कल्पना ज्ञवाली र दुर्गेस कुमार ठटेल रहनु भएको छ ।

संघका अध्यक्ष हरि अधिकारीको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको थियो ।
सो अवसरमा ग्याँस विक्रेता महासंघका केन्द्रिय अध्यक्ष महेश्वर कुमार श्रेष्ठ,ग्याँस विक्रेता महासंघका संस्थापक अध्यक्ष ज्ञानेश्वर अर्याल,उद्योग वाणिज्य संघ नवलपरासीका महासचिव गिरिराज पाण्डे, ग्याँस विक्रेता संघ नवलपुरका अध्यक्ष जगन्नाथ ढकाल लगायतले आ–आफ्नो भनाईहरु राख्नु भएको थियो ।

सो अवसरमा बोल्ने बक्ताहरुले उद्योगीले आफुखुसी डिलरसिप दिने ब्यवस्थाले सबैलाई समस्या आएको भन्दै त्यसको समाधान खोज्न सबैले आग्रह गरेका थिए । त्यसैगरी उनीहरुले डिलर प्रमाणिकरणका लागि उचित नियकको आवश्यक रहेको बताएका थिए ।

बरिष्ठ उपाध्यक्ष डिल्लीराम शर्माको स्वागत मन्तब्यवाट शुरुभएको कार्यक्रमको संचालन कुमार आलेले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.