Jilla Ban Notis

गौतम बुद्ध अन्तराष्ट्यि क्रिकेट रंगशाला निमार्णका लागि बर्दघाटमा फुड्फेस्टिवल तथा डान्स कम्पिटीशन ।

0 29

कृष्ण ढकाल
बर्दघाट,माघ २९
गौतम बुद्ध अन्तराष्ट्यि क्रिकेट रंगशाला निमार्णका लागि बर्दघाटमा फुड्फेस्टिवल तथा डान्स कम्पिटीशन सम्पन्न् भएको छ । आर.बि. हस्पिटालिटि म्यानेजमेन्ट टे्निगं सेन्टर प्रा.ली.बर्दघाट र दारी ग्यागं नवलपरासीको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न् भएको थियो । आर.बि. हस्पिटालिटि म्यानेजमेन्ट टे्निगं सेन्टर प्रा.ली.बर्दघाटका प्रोप्राईटर राम भण्डारीको अध्यक्षा र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्यालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको थियो । सो अवसरमा वोल्दै नगर प्रमुख वस्यालले युवाहरु देश निमार्णमा लाग्न जरुरी रहेकोमा जोड दिनु भएको थियो । उहांले युवाहरु वेलैमा सचेत भएर सहिमार्गमा अघिबढेमा नेपालमा समृद्धि आउन खासैसमय नलाग्ने बताउनु भएको थियो । स्थानिय उत्पादनलाई सहि सदुपयोग गरेर युवाहरु विचार र दृष्टीले कर्मगर्दैे अघिबढे उमेर बुढोभएपनि विचार कहिल्यै बुढो नहुने धारणा ब्यक्त गर्नुृ भएको थियो । कार्यक्रममा दिब्य ज्योती मावि ब्यवस्थापन समितिका अध्यक्ष सुवोध जागृत बुढाथोकी,समाज सेवी सदानन्द पाण्डे लगाएतको उपस्थीती रहेको थियो ।
कार्यक्रमा भएको डान्स प्रतियोगितामा एकल र सहुमगत गरी १४ प्रतियोगी रहेकोमा अमिसा गाहा मगर ले १ सय ५४ दशमलव ५ अंक ल्याएर प्रर्थम भएकीछन भने १सय ५३ अंक ल्याएर मान्सि थापा द्धितीय भएकी छन । त्यसैगरी १ सय ५२ दशमलव ५ अंक ल्याएर रामनगर एकेडेमी तृतिय हुन सफल भएको प्रतियोगिताका निर्णायक प्रेम भुजेलले जानकारी दिनु भएको छ । प्रतियोगिताको निर्णायकमा नायक तथा डान्सर निक शर्मा,शिक्षक जिवन ज्ञवाली,मोडल गायक तथा संगीतकार प्रेम भुजेल र नृत्य निर्देशक तथा प्रशिक्षक कुसुम गाहामगर रहनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.