Palhinandan Notish sadabahar

गुणस्तरहिन खाद्यान्न वितरणको चौतर्फी विरोधपछि पत्रकार सम्मेलन

0 9

गौरीशंकर जयसवाल
परासी, वैशाख ३
रामग्राम नगरपालिकाले बितरण गरेको गुणस्तरहिन चामलमा चौतर्फी विरोध आएपछि रामग्राम नगरपालीकाले अब स्टिम मसिनो चामल वितरण गर्ने भएको छ । यसअघि केही दिन आगाडि नगरपालिकाले मोटा चामल वितरण गरिएकोमा राहत पाएकाहरुले चामल गुणस्तहिन भएको भन्दै नगरपालीका को मुल गेटमै ल्याएर फ्याँकेका र केही वडाबासीहरुले वडाअध्यक्षको घरमा ल्याएर फिर्ता गरेको थिए । चौतर्फि आलोचित बनेको नगरपालीकाले नयाँ राहत सामाग्री खरिद गर्न खरिद र वितरण समन्वय समिति गठन गरी राहत वितरण थाल्ने निणर्य गरेको बुधवार आयोजित पत्रकार सम्मेलनमा रामग्राम नगरपालीका का मेयर नेरन्द्र कुमार गुप्ताले बताए । गत ३० गतेको कार्यपालीका बैठकले अति गरिबी विपन्न वर्गलाई कुनै पनि जनप्रतिनिधी र कर्मचारीहरुको व्यक्तिगत स्वार्थ नरहेको आम नागरिकहरुलाई अनुरोध गर्दै एक विभिन्न व्यक्तिहरुबाट सत्यतथ्य नबुझि पदद्यीकारी तथा कर्मचारी माथि पूर्वग्रह स्वस्प लगाईएको निराधार आरोप कुनै सत्यता नरहेको सो निराधार आरोपको खण्डन गर्दै घोर भत्सना गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । राहत वितरणको लागी कार्यपालिका को बैठकले गठित समितिको संयोजकमा वडा नम्बर ७ का अध्यक्ष शिवशंकर प्रसाद हरिजन समिती गठन गरेको छ । जसको सदस्यहरु मा कार्यपालीका सदस्य उमाशंखर हरिजन र ईन्दु वि.क. रहेका छन । रामग्राम नगरपालिकाले पहिलो १० किलो वितरण गरिएको भनेको अब राहत सामाग्री बढाइएको नगरप्रमुख गुप्ताले जानकारी दिए । उनको अनुसार २५ किलो चामल वितरण गरिने छ भने दाल १ किलो नुन १ प्याकेट खाने तेल १ लिटर र हात धुने साबुन २ वटा र सोयाबिन ५ सय ग्राम वितरण गर्ने निर्णय भएको बताए । राहत सामाग्रही खरिद गर्नको लागी प्रक्रिया बुधबार देखी सुरु गरिएको र यसअघि खरिद गरिएको चामल सम्बन्धित व्यवसायीलाई नै फिर्ता गरिने छ । राहत वितरणका सम्बन्धमा कुनै कमि कमजोरी देखिए कडा कारवाहि गर्ने पनि नगरपालीकाले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख गुप्ताले लकडाउनबाट प्रभावित गरीब विपन्न वर्गका लागी वितरण गरिएको राहतको चामलमा स्थानियले गुणस्तरीयताको प्रश्न उठाउँदै नगरपालीकाको मुलगेटमा खाद्यान्न फ्याक्ने र फिर्ता गरेको केही तत्वको चालखेल भएको दाबी गरे । राहत सामाग्रीमा कुनै कमि कमजोरी देखिए सच्चाउने ठाँउ हुदाँहुँदै केही व्यक्तिहरुको उक्साहट गेटमा ल्याएर खाद्यान्न फ्याँक्ने कार्य नियोजित भएको नगरप्रमुख गुप्ताको दाबी छ । उनले भने नगरपालीकालाई बदनाम गर्ने नियतले कपोलकल्पित र भ्रामक प्रचार गरी उक्साहटमा राहत सामाग्री फिर्ता गर्ने र गेटमा छिरोल्ने कार्य भएको भनाई थियो । गुप्ताले उपमेयर रम्भा कुँवरले जारी गरेको विज्ञप्ति कृर्ते जारी गरेको समेत आरोप लगाएका छन । रम्भा कुवँरले केहि व्यक्तिबाट सत्यतथ्य नै नबुझि जनप्रतिनिधि तथा कर्मचारी माथी लगाईएको आरोप निराधार रहेको र सोआरोपको खण्डन गर्दै घोर भत्र्सना कार्यपालीकाको गत चैत्र ३० गतेको बैठकबाटै गरिएको पनि मेयर गुप्ताले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। रामग्राम नगरपालिकाले खाद्यान्न र तरकारी पसलहरु बिहान ११ बजे देखी १ सम्मको लागी खोल्ने निर्णय भएको नगरप्रमुख गुप्ताले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.