Jilla Ban Notis

सरावल गाउँपालिकाकाे वडा नं. ६ र ७ तथा पाल्हिनन्दन १ जलमग्न

0 15

उमेश बि.क

सरावल,२८ असार

लगातार तीन दिनदेखि परेको झरीले नवलपरासीको सरावल गाउँपालिका वडा नं. ५ ,६, ७ र पाल्हीनन्दन गाउँपालिका–१, शंकरपुर जलमग्न भएका छन् ।वर्षातको पानीले निकास नपाउँदा गाउँ डुबानमा परेका हुन् । निरन्तर अबिरल बर्षाकाे कारणले गर्दा २ दिनदेखि जलमग्न हुदा स्थानीयलाई सास्ती भाेग्न परेको छ । बर्षाकाे कारणले गर्दा सरावलकाे वडा नं. ६ मा करिब ३० घर तथा वडा नं. ७ मा १५ घर बिस्थापित भएको स्थानीय घनश्याम चाैधरीले जानकारी दिनुभएको छ ।जनप्रतिनिधिहरुले दीर्घकालीन समाधानको उपाय नअपनाउँदा हामी सधैंभरि बाढीको त्रासमा बस्नुपरेको चाैधरीले बताएका हुन ।

गाउँ तथा बाटोमा पनि घुँडाभन्दा माथि पानी पुगेकाले स्थानीय समस्यामा परेका छन् । भेल पसेर धान बाली पुरिएको छ । घरभित्र पानी पस्दा अन्न र पशुचौपाया जोगाउन धौधौ परेको सरावल ६ की सिन्धुलि कुर्मीले बताउनुभएको हाे।त्यस्तै मैनुदिन चुरिहार भन्नुहुन्छ ‘बाढी गाउँघरमा पसेको समयमा समस्या बुझ्न जनप्रतिनिधि अाएकाे छैनन् । सम्बन्धि वडा अध्यक्षलाई भन्दा म के गर्नसक्छु जवाफ दिने गरेको बताउनुभएको हाे ।

सरावलको वाटोमा भएको जलमग्न

पानीको कारणले गर्दा सर्प तथा किरा फट्याङ्ग्रा बढेकाे र १ जनालाई सर्पले डसेकाे लक्ष्मिकान्त चाैधरीले बताउनु भएको छ । वर्षाले बहाव बढ्दै गएपछि अासपासका गाउँ त्रासमा रहेका छन । पश्चिम नवलपरासीको प्रतापपुर, सरावल ,पाल्हिनन्दन र सुस्ता गाउँपालिका बासिन्दा सधैं बाढी र प्राकृतिक विपद्को जोखिममा रहेका छन् ।

साे स्थानका केहि बस्ती डुबानमा परेको भएपनि अहिलेसम्म धनजनको क्षति नभएको स्थानीयले बताए ।

Leave A Reply

Your email address will not be published.