Jilla Ban Notis

गणेश मा.वि. बसहिया गरयो सचेतना सहित विद्यार्थीलाई मास्क बितरण ।

0 29
अंगद यादव
प्रतापपुर,चैत्र–२४
विश्व भरी फैलिरहेको महामारी कोरोना भाईरस (कोभिड(१९) को संक्रमणको  रोकथाम र नियन्त्रणका लागि नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिका वडा नं.(७ मा रहेको गणेश माध्यमिक विद्यालय बसहियाले विद्यार्थीहरुको घरमा पुगि सचेतना सहितको मास्क बितरण गरेको छ ।  विद्यालयको सम्पूर्ण शिक्षकहरु व्यक्तिगत लगानीले मास्क खरीद गरिएको छ । स्थानीय शिक्षकहरुलाई विद्यार्थी क्षेत्र रहेको टोल टोल घर घरमा पुगि सचेतना सहित माक्स बितरण गरिएको गणेश मा. वि. विद्यालय को प्रधानाध्यापक अभिन्नदन सिंहले जानकारी गराउनु भएको छ । कोरोना भाइरसबाट बच्न सरकारले गरेको लकडाउनको नियम पालना गर्ने साबुनपानीले हात धुने मास्क लगाउने जस्ता संक्रमणबाट जोगिने उपायका बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको छ ।  एस.ई.ई. परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई परीक्षाको तयारी गर्दै रहने र घरमा अध्ययन गर्दा केही समस्य भए सम्बन्धित विषयको शिक्षकसंग फोन मार्फत समस्याको समाधान गर्न विद्यार्थीहरु संग भनिएको थियो । ७५० विद्यार्थीहरुलाई तथा असक्त व्यक्तिलाई एक एक वटा मास्क वितरण गरेको प्रधानाध्यापक सिंहले बताउनुभयो थियो ।
यता

धिरज त्रिपाठी

जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले  जारीगरेको एकद्वार प्रणालि बाट राहत बाड्ने कुरा स्वागतयोग्य रहेको बताउदै अहिले कुनै व्यक्ति वा संस्थाले राहत बाड्नु गलत नभए पनि यसले  समाजमा गलत अर्थ जाने र विकृतिको रुप लिन सक्ने भन्दै त्यस्ता राहतका  ब्यक्तिगत कार्य तत्काल वन्द गर्नु पर्ने  स्थानिय समाज सेवी धिरज त्रिपाठीले बताउनु भएको छ । यदि ति व्यक्ति ,संस्था र राजनिती दलले राहत दिन इच्छुक भएमा स्थानीय सरकार वा जिल्ला प्रशासन मार्फत दिदा प्रभावकारी हुने र सुरक्षित पनि हुने समाजसेवी धिरज त्रिपाठीको भनाई रहेको छ । विश्वभरि महामारीको रुपमा फैलिएको करोना भाइरस रोक्न उच्च सतर्कता अपनाउनु उहांले सबैलाई आग्रह गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.