Jilla Ban Notis

गंगा मावी बर्दघाट–१४ गंगावस्तीको ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न ।

0 39

बर्दघाट,फागुन–२९
गंगा मावी बर्दघाट–१४ गंगावस्ती पश्चिम नवलपरासीको ४१ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शोभाखर भुषालको अध्यक्षता र लुम्बिनी प्रदेश सभासदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले सामुदायिक विदयालयहरुले पनि पछिल्लो समय निजि विद्यालय सरह गुणस्तरिय शिक्षा प्रदान गरिरहेको बताउदै विद्यालयहरुले विद्यार्थीको संख्यात्मक भन्दा गुास्तरिय र ब्यवारिक शिक्षामा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले नेपालको नयाँ नक्शा सहितको पाठ्यक्रम आगामी शैक्षिक सत्र देखी लागु गर्ने सरकारले तयारी थालेको जानकारी दिदै प्रदेश सरकारले शिक्षामा पर्याप्त लगानी गरिरहेको र सबै बालबालिकाहरुलाई विदयालयको पहुँचमा पुर्याउने लक्ष्यका साथ काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बर्दघाट नगरपालिकाका प्रमुख प्रासकिय अकिृत मेघनाथ पाध्याय, बर्दघाट शिक्षा शाखा प्रमुख उपसचिव ईन्द्र बहादुर कुवंर, बर्दघाट वडा नम्बर १४ का वडाध्यक्ष केशव बहादुर खत्री, विद्यालयका पुर्व प्र.अ. मुरारी भण्डारी, पुर्व शिक्षक एवं जनप्रतिनिधि टेक नरायन नवलपुरिहा थारु, पुर्व शिक्षक अभिभावक संघका अध्यक्ष हरि प्रसाद सुवेदी, सल्लाहकार हरि प्रसाद बास्तोला, दाउन्ने देवी महिला बहुद्धेश्यि सहकारी सस्थाकी अध्यक्ष देवी पौडेल लगाएतले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्र.अ. राम विलास पौडेलले विद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने शिक्षक अभिभावक संघका शिक्षक प्रतिनिधि भुपेन्द्र प्रसाद रिजालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक बसन्त रेग्मीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.