Jado Notish Bardaghat

खानेपानी एवं सरसफाइ सचेतना कार्यक्रम

0 16

बर्दघाट २६ माघ
पश्चिम नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्था अन्तर्गत खानेपानी सुरक्षा योजना समितिको आयोजनामा बर्दघाट–४ बर्मेलीटोलमा खानेपानी सचेतना एवं सामाग्री वितरण कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बर्दघाट वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र बिक्रम हमालले बर्दघाट नगरमा खानेपानी संस्था अग्रणी रहेको बताउदै नमुना कामलाई निरन्तरता दिदै अगाडि बढ्न सुझाव दिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष धातानन्द बस्यालले खानेपानीले सहुलियतका विभिन्न कार्यक्रम ल्याएको बताए । कार्यक्रममा खानेपानी सुरक्षा योजना समिति सदस्य कृष्ण हरि पौडेलले सहजीकरण गरेका थिए ।
खानेपानी सुरक्षा योजना समिति सदस्य गीता शर्माको अध्यक्षता ब्यवस्थापक बिष्णु कुमार भुसालको संचालन कार्यक्रममा गोमा खनालको स्वागत रहेको कार्यक्रममा बर्मेली टोल विकास संस्थाकी अध्यक्ष लता रानालगायतले बोलेका थिए । सो अवसरमा टोल बिकास संस्थालाइ सरसफाइमा सामाग्री प्रदान गर्नुका साथै सुझाव समेत संकलन गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.