Jilla Ban Notis

क्रान्तिकारी युवा लीग पश्चिम नवलपरासीको जिल्ला भेलाको तयारी

0 24

बर्दघाट,माघ ९
क्रान्तिकारी युवा लीग–नेपाल पश्चिम नवलपरासीको दोस्रो जिल्ला भेला माघ २७ गते हुने भएको छ । शुक्रवार बर्दघाटमा भएको लीगको प्रशिक्षण एंव बैठकले २७ गते जिल्ला भेला गर्नका लागि लागि सदस्यता नवीकरणलाई तीब्र बनाउने निर्णय लिएको जिल्ला संयोजक पुर्ण प्रसाद पोखरेलले बताए ।
बैठकले संसदीय ब्यवस्थाको भण्डाफोर गर्दै युवाहरुबीचका जागरण संचालन गर्ने निर्णय लिएको उनले जानकारी दिए । कार्यक्रममा क्रान्तिकारी युवा लीगका प्रदेश सचिव प्रगति रानाले क्रान्तिकारी युवाको काँधमा नयाँ जिम्मेवारी आएको बताए ।उनले नयाँ जिम्मेवार बहन गर्न रुपान्तरण सहित तयारी अवस्थामा रहनुपर्ने जनाए। कार्यक्रममा क्रान्तिकारी माओवादीका प्रदेश सचिवालय सदस्य एंव जिल्ला सेक्रेटरी चोलाले पार्टीलाई नयाँ पुस्तामा लैजान युवाहरुको महत्वपुर्ण योगदान हुने विचार ब्यक्त गरे ।
क्रान्तिकारी माओवादी प्रदेश सदस्य एंव क्रान्तिकारी युवा लीगका फ्याक्र्सन ईञ्चार्ज समरले वर्तमान परिस्थितिमा युवाहरु निराश भएकोले त्यो नैराश्य छिट्टै अन्त्य भई क्रान्तिकारी आशावादमा परिणत हुने बताए । उनले क्रान्तिकारी युवाहरु संसदीय दलालहरुको पछि लाग्ने युवाहरु भन्दा बेग्लै रसायनले बन्ने भएकोले अब क्रान्तिकारी युवाहरुको काँधमा ब्यवस्था परिर्वतन गर्नै जिम्मेवारी आएको जनाए ।

कार्यक्रममा लीगमा प्रदेश सदस्य राजेन्द्र न्यौपाने , पुष्पराज नेपाली , सुजन रोकाहालगायतले धारणा राखेका थिए । कार्यक्रम क्रान्तिकारी युवा लीगका जिल्ला संयोजक पुर्ण प्रसाद पोखरेलको अध्यक्षतमा भएको थियो । कार्यक्रममा पार्टीले गर्न हरेक संर्घषमा युवाहरु परिचालन गर्ने बिषयामा छलफल भएको पोखरेलले जनाए ।
क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले यही माघ १५ गते सदरमुकाममा आयोजना गर्ने बिरोध कार्यक्रमलाई भब्य बनाउने निर्णय समेत भएको उनले बताए । त्यस्तै सदस्यता नविकरण तथा बितरणका लागि समेत कार्यबिभाजन भएको क्रान्तिकारी युवा लीगले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.