Jilla Ban Notis

कोरोना भाईरस सक्रमण भित्रिन नदिन सिमावर्ती क्षेत्र महेशपुरमा हेल्थ डेक्स स्थापना ।

0 45
ेगौरीशंकर जयसवाल
परासी २२  माघ
नोभल कोरोना भाईरस सक्रमण भित्रिन नदिन नेपाल भारत सिमावर्ती सिमा महेशपुरमा  हेल्थ डेक्स स्थापना गरिएको  छ । भारतबाट नेपाल भित्रीनेबाट कोरोना भाईरस सक्रमण फैैलीन नदिने उद्येश्यले जिल्ला प्रशासन कार्यालय समन्वयमा , पाल्हीनन्दन गाउँपालिकाले   महेशपुरमा हेल्थ डेक्स स्थापना गरेको  हो । पाल्हीन्दन गाउँपालिकाका भित्र रहेको स्वास्थ्य शाखाले महेशपुर भन्सार आगाडी नेपालमा कोरोना भईरस सक्रमण फैलीन नदिनको लागि सिमावर्ती नाका  क्षेत्र महेपुरमा हेल्थ डेक्स स्थापना गरिएको स्वास्थ्य शाखा प्रमुख सूर्यनारायाण चौधरीले जानकारी दिए । भारतबाट नेपाल प्रबेश गर्ने पर्यटक र व्यक्तिहरुलाई हेल्थ ड्ेक्समा कोरोना भईरस चेक जाँच गर्ने चौधरीले बताए ।
 हेल्थ डेक्समा एक जना सिह अहेब अधिकृत र हेअ स्वास्थ्य प्रमुख गरी दुई जनालाई स्वास्थ्य परीक्षणको लागि राखिएको छ ।नेपाल पुलिस ,सशस्त्र भान्सारको कार्यालय कर्मचारीको समन्वयमा भारतबाट नेपाल भित्रीने पर्यटक र आउने व्यक्तिहरुलाई लक्ष्ति गरी हेल्प डेक्सबाट स्वास्थ्य परीक्षण गरिने प्रमुख चौधरीले बताए । उनको अनुसार बिशेष गरी ज्वरो आएका रुघाखोकी लगेका र शंकस्पदको डेक्सबाट स्वास्थ्य परीक्षण गरिने चौधरीले जानकारी दिए । कार्यक्रममा पाल्हीनन्दन गाउँपािलकाका अध्यक्ष बैजुप्रासद गुप्ता,उपप्रमुख पाबित्री कोहार,सिमाप्रहरी चौकी महेशपुरका प्रमुख  ईन्द्रजित इटली,सशस्त्र प्रहरीका इस्पेन्टर रबि खकुरेल स्वास्थ्य कार्यलयका प्रमुख गौरब ढकाल ,पाल्हीनन्दन गाउँपालिकाका स्वास्थ्य शाखाका धर्मजीत दास लागयतले कोरोना भाईरसबाट जोगिन सचेत रहन सुझाव दिएका थिए ।

Leave A Reply

Your email address will not be published.