Jilla Ban Notis

कोरोना भाइरस (कोभिड–१९)को सतर्कताका लागि बर्दघाट नगरपालिकाद्धारा पर्चा वितरण ।

0 16

कृष्ण ढकाल
बर्दघाट,फागुन–३०
कोरोना भाइरस (कोभिड–१९) को सतर्कताका लागि बर्दघाट नगरपालिकाले नगरक्षेत्रमा मानिसहरुको भिड हुने खालका कुनैपनि कार्यहरु नगर्न आग्रह गरेसंगै अहिले कोरोना भाइरस (कोभिड–१९) का वारेमा जनचेतना मुलक पर्चा वितरणलाई तिव्रता दिएको छ । नगरपालिकाले सामाजिक संजालवाट र  सर्वसाधरणहरुलाई हात हातमा कोरोना भाइरस (कोभिड–१९) का वारेमा सचेतना मुलक पर्चा वितरण गर्ने अभियानलाई तिव्रता दिएको छ ।
यता नगरपालिकाले मानिसहरुको भिडभाड कम गर्नका लागि साप्ताहिक हाटबजारहरु बन्द गर्न आग्रह गरेपनि कुनै स्थानमा लाग्ने रकुनै स्थानमा नलाग्ने गरेका कारण हाफुहरु मारमा परेको भन्दै साप्ताहिक हाट बजार संघका ब्इापारीहरुले आफुहरुले पनि बजारमा पसल लगाउन पाउनु पर्ने भन्दै नगरपालिकामा डेलिकेशन पुकाछन् । तर नगरपालिकाले भने सबैका लागि फाईदा होस भनेर नै सचेतना अपनाईएकाले त्यसमा साप्ताहिक हाटबजार वन्द गरेर भिडभाड नगराएर सहयोग गर्न अग्रह गरेको बुझिएको छ । तर पनि कहिले वाट संचालन गर्न दिने भन्ने वारेमा भने शनिवार हुने स्थानिय राजनितिक दलको छलफल तथा सुझावपछिमात्र केहि भन्न सकिने भन्दै उनीहरुलाई पठाईएको थियो ।
उता प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको लडाइँमा सार्क सदस्य राष्ट्रसँग मिलेर अघि बढ्न तयार रहेको बताउनु भएको छ । शुक्रबार ट्वीटरमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावको स्वागत गर्दै उहांले दक्षिण एसियाका नागरिकलाई कोरोना भाइरसबाट जोगाउन सार्क सदस्य राष्ट्रसँग मिलेर काम गर्न तयार रहेको बताउनु भएको छ ।
विश्वमा कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिँदै गएपछि विश्वभर यसलाई नियन्त्रणको कदम शुरु गरिएको छ । बिहीबार मात्र विश्वभर यो भाइरसका ६ हजार ७ सय २९ नयाँ संक्रमित पाइएका छन् भने ३ सय ५१ जनाको मृत्यु भएको छ । प्रकोप बढ्दै गएपछि विभिन्न देशले यसलाई नियन्त्रणको योजना पनि अघि सारेका छन् ।

Leave A Reply

Your email address will not be published.