Jilla Ban Notis

कोरोनालार्ई परास्त गरि पश्चिम नवलपरासीका पहिलो कोरोना संक्रमित ब्यक्ति सहित ३ जना घर फर्के

0 17

रामु भुसाल
बर्दघाट,जेष्ठ–२०
पश्चिम नवलपरासीकै पहिलो कोरोना संक्रमित सहित ३ जना डिस्चार्ज भई घर फर्केका छन । जिल्लाको प्रतापपुर गाउपालिका वडा नम्बर ५ बैदौलीका बर्ष ३६ का राम अवतार हरिजनको पिसिआर परिक्षण गर्दा जिल्लामै पहिलो पटक कोरोना पोजेटिभ देखिएको थियो । उनि सहित सुस्ता गाउपालिकाका २ जनालाई भैरहवा स्थित भिम अस्पतालको आइसोलेशनमा राखि उपचार गरिएको थियो । अस्पतालमा उनिहरुको पुन कोरोना परिक्षण गर्दा आइतबार उनिहरुको रिर्पोट नेगेटिभ आएपछी सोमबार डिस्चार्ज गरिएकोे हो । डिस्चार्ज पश्चात प्रतापपुर र सुस्ता गाउपालिकाले उनिहरुलाई कोरोना भाइरस जस्तो महामारीलाई परास्त गरि स्वस्थ हुनुभएकोमा आगामी दिनमा पनि स्वास्थ्य लाभको कामना सहित दोसल्ला ओढाई घर पठाएको छ ।सो अवसरमा बोल्दै कोरोना परास्त गरेकाहरुले आफुहरु उच्च मनोबलका साथ सावधानी पुर्वक अस्पतालमा रहेको र अस्पतालको राम्रो ब्यवहार र आफुहरुको विश्वासले गर्दा आफु निको भई घर फर्किन सफल भएको बताएका छन । उनिहरुले सानो लापरवाहीले यो रोग लाग्न सक्ने तर रोग लाग्दैमा आत्तिन नहुने बताउदै आफु सजग रहन सके कोरोनाबाट बच्न सकिने बताएका थिए । कोरोनाको महामारी फैलिए लगत्तै जिल्लाको सात वटै स्थानिय तहको प्रत्येक वडामा क्वारेन्टाइन निर्माण गरिएको र हाल भारतबाट आउनेलाई सो क्वारेन्टाइनमा राखि कोरोना परिक्षण पश्चात मात्रै घर पठाइने गरिएको र हाल जिल्लाका सबै स्थानिय तहमा सुविधा सम्पन्न आइसोलेशन निर्माण कार्य भइरहेको पालिका प्रमुखहरुले बताएका छन ।

Leave A Reply

Your email address will not be published.