Jilla Ban Notis

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि रामग्राम नगरपालिका सिल (भिडियो कुराकानी सहित)

0 18

गौरीशंकर जयसवाल

परासी २३ श्रवाण
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि रामग्राम नगरपालिका कार्यालय सिल गरिएको छ । कर्मचारीमा कोरोना संक्रमण पोजेटीभ देखिएपछि साउन मासन्तसम्म कार्यालय शिल गरिएको हो । सिल गरिएको समय अवधिभर कार्यालय पूर्णरुपमा बन्द रहने रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।  कर्मचारीको कोरोना रिर्पोट पोजिटीभ देखिएपछि रामग्राम नगरपालिकामा जिल्ला स्वास्थय कार्यालयलले निर्मलीकरण गर्न काम गरिहेको गुप्ताले बताए । रामग्राम नगरपालिका क्षेत्रमा गत हप्तामा समुदाय स्तरमा पीसीआर परीक्षण गरिएको थियो । पीसीआर परीक्षण रिपोर्टमा वडा नं १८ का एक जना र रामग्राम नगरपालिकाको एक जना कर्मचारीको रिर्पोट पोजिटीभ आएको थियो ।
रामग्राम नगरपालिकाको अरु कर्मचारी र रिर्पोट पोजिटीभ देखिएका कर्मचारीसंग भएका व्यक्तिहरुसंग कन्ट्रयाक टे«सिङ्ग गर्ने जिल्ला जनस्वास्थ्इ कार्यलयका प्रमुख गौरव ढकालले बताए । पोजिटिभ देखिएको दुबै जना कोरोनाको संक्रमाणको केही लक्षण नदेखिएको र उनीहरुको स्वास्थ्य समान्य रहेको ढकालले जानकारी दिए । अहिले उनीहरुलाई पाल्हि क्याम्पसमा रहेको आईसोलेसनमा राखिएको ढकालले बताए । https://youtu.be/kaKBIctygwA

Leave A Reply

Your email address will not be published.