Jilla Ban Notis

कपिलवस्तुमा निलगाई मृत अवास्थामा भेटीयो ।

0 50
सनिउल्ला धोबी
कपिलवस्तु, फागुन १४
कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं ५ पण्डीतडिहवामा मृत अवास्थामा एउटा निलगाई भेटीएको छ । सोमबार साझ पण्डितडिहवा गाँउको पुर्वतिर उखुवारीमा मृत निलगाई फेला परेको हो । मृत निलगाई देखेरपछि स्थानियले प्रहरी चौकी उदयपुरलाई खबर गरेका थिए । उदयपुर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक जगतराम चौधरीका अनुसार उक्त निलगाई कसैले मारेको हुन सक्ने बताईएको छ  । पण्डीतडिहवाका स्थानिय वासीहरुले समेत केही अपरचित मान्छेहरु त्यस स्थानमा देखिएकाले उनीहरुले नै मारेको हुन सक्ने स्थानियवासीको अनुमान छ । स्थानियवासीहरुले प्रहरीलाई खवर गरेसंगै उनीहरु एका एक गायप भएपछि उनीहरुले नै मारेका्े हुन सक्ने अनुमान गरीएको छ ।  उक्त मरेको निलगाईलाई कपिलवस्तु साझेदारी बन व्यस्थापन समितिको जिम्मा लागाइंएको प्रहरी सहायक निरिक्षक जगतराम चौधरीले बताउनु भयो । सो मृतगाईलाई गौतम बुद्ध बन डिभिजन कार्यालयका शिव शंकर चौधरी, उदयपुर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक जगतराम चौधरी, कपिलवस्तु चन्द्रौटाका स्थानिय पत्रकार,समाजसेवी बुद्धीजिविहरुको रोहबरमा खडलखनी गाडेको वन
अधिकृत एजाज अन्सारीले जनाकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.