Jilla Ban Notis

औषधी व्यवसायी संघ नवलपरासीद्धारा ट्राफिक प्रहरी र पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण ।

0 37

परासी, १० असार
नेपाल औषधी व्यवसायी संघ, जिल्ला शाखा पश्चिम नवलपरासीले ट्राफिक प्रहरी र पत्रकारलाई मास्क र सेनिटाईजर हस्तान्तरण गरेको छ । संघले आफ्नो ४७ औं स्थापना दिवसको अवसर पारी आज भूमहीमा आयोजना गरेको कार्यक्रममा ट्राफिक प्रहरी र क्रियाशिल पत्रकारलाई केएन ९५ मास्क र सेनिटाईजर वितरण गरेको हो । कोभिड १९विरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका ट्राफिक प्रहरी र पत्रकारलाई कोरोनाको जोखिमबाट सुरक्षित राख्न स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको संघका जिल्ला अध्यक्ष रामचन्द्र पौडेलले बताउनुभयो । अध्यक्ष पौडेलसहितको टोलीले जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दिपेश बस्याल र प्रेस संगठनका जिल्ला सहसंयोजक मोहन पौडेललाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो । कोरोनाका विरामी पछिल्लो समय बढ्दै गएको तर नागरिकमा डर हराउँदै गएको भन्दै संघका अध्यक्ष पौडेलले अहिलेको अवस्थामा लापरवाही भन्दा पनि झन बढी सजगता अपनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.