Jilla Ban Notis

एस.ई.इ. पूर्वतयारीको लागि प्रदेश सरकारद्धारा पाँच करोड बजेट बिनियोजन ः मन्त्री बराल

0 28

गौरीशंकर जयसवाल

परासी ११ फागुन

एसईई सुधारको लागि प्रदेश सरकारले २ महिनासम्म अभियान चलाउन लागेको प्रदेश नं ५का सामाजिक बिकास मन्त्री सुर्दशन बरालले बताएका छन । मन्त्री बरालले एसईइ पूर्वतयारीको लागि प्रदेश सरकारले पाँच करोड बजेट बिनियोजन गरेको समेत बताए ।  पश्चिम नवलपरासीको सुनवल –७अस्नैयास्थित ज्योति माध्यमिक विद्यालयको ३८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गदै मन्त्री बरालले उच्च शिक्षा अध्ययनका लागि बिद्यार्थिहरु बाहिर जानुपर्ने अवस्थालाई अन्त्य गर्न प्रदेश सरकार लागि परेको र जसका लािग बिभिन्न शिक्षालयहरु संग परामर्श भइरहेकोले छिट्टै नै उच्च शिक्षाका लािग बिद्यार्थिहरु बाहिर जानुपर्ने अवस्था नआउने भनाई थियो । कार्यक्रममा सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापाले नगरपालिकाले प्राविधिक धारको शिक्षालाई जोड दिएको बताए । नगर उपप्रमुख दधिराम अर्यालले नगर भित्रका विद्यालयको स्तरवृद्धि तथा शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिकाले प्राथमिकता दिएको बताए ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर गुरुङ्को अध्यक्षतामा भएको उक्त कार्यक्रममा सुनवल–७ का वडाध्यक्ष बसन्तराज दाहाल, नेकपा जिल्ला अध्यक्ष भविश्वर तिवारी, कार्यपालिका सदस्य तुलसी ज्ञवाली, शिक्षक महासंघ सुनवलका अध्यक्ष बाबुराम पाण्डे, विद्यालयका प्रधानाध्यापक यादव खड्का, शिक्षकहरु रुद्रप्रसाद लामगादे, कुलचन्द्र भण्डारी , विद्यार्थी शैलेन्द्र पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमका साथै पठनपाठन तथा विशेष प्रतिभाका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको शिक्षक कुलचन्द्र भण्डारीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.