Sarawal sit lahar Notis

एमसीसी बिरुद्ध जिमिरेभारमा मसाल जुलुस

0 58

बर्दघाट,फागुन–११
नेकपा(क्रान्तिकारी माओवादी) सहित ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाको केन्द्रीय कार्यक्रम अनुसार पश्चिम नवलपरासीको बर्दघाट–७ जिमिरेभारमा एमसीसी बिरुद्ध मसाल जुलुस निकालिएको छ । एमसीसी मुर्दावाद देश बेच्न पाइदैन एमसीसी चाहिदैन जस्ता नारासहित बर्दघाट–१ माकरचोकबाट निकालिएको मसाल जुल्स जिमिरेभार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सभामा देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता चुडामणि भण्डारी राष्ट्रिय जनमोर्चाका शोभाकान्त लामिछाने र विप्लव नेकपाको तर्फबाट बिघटनले बोल्नुभएको थियो । मोर्चामा क्रान्तिकारी माओवादी विप्लव नेकपा , नेकपा मसाल , राजमो र देजमो लगायत रहेका थिय।

 

Leave A Reply

Your email address will not be published.