Sarawal sit lahar Notis

एमसीसी खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ

0 110

परासी ,फागुन–८
एमसीसी खारेजीको माग गर्दै आईतवार पश्चिम नवलपरासी सहित देशैभरका जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको थियो । सोही क्रममा जिल्लाको सदरमुकाम परासीमा एमसीसीको खारेजीको माग गर्दै जुलुस घेराउ तथा कोणसभा भएको थियो ।
जिल्लामा क्रियाशिल ३ कम्युनिष्ट पार्टी र दुई मोर्चाको संयुक्त आयोजनामा भएको जुलुस बुद्धचोक हुदै महेशपुरचोकबाट प्रशासन गेटमा पुगेर घेराउ गरिएको थियो । कार्यक्रममा नेकपा ९क्रान्तिकारी माओवादी०का जिल्ला सेक्रेटरी छविलाल खरालले एमसीसी खारेजीको बिकल्प नभएको बताउनुभएको थियो।
कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता प्रेम रिमालले राष्ट्रवादी शक्तिहरु एकताबद्ध भएर देश जोगाउन अगाडि बढनुपन भन्दै सेना प्रहरी तथा कर्मचारी प्रति आन्दोलनकारीको कुनै बैरभाव नभएको बताउनु भएको थियो ।
विप्लव नेकपामा बिशेष जिल्ला समिति सदस्य गंगा प्रसाद ज्ञवालीले अमेरिकी साम्राज्यावादलाई लखेट्न जस्तो सुकै मुल्य चुकाउन तयार रहेको उल्लेख गर्नुभएको थियो । राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य तिलक प्रसाद सुवेदीले एमसीसी हिन्द प्रशान्त रणनीतिको अंग रहेकोले खारेज गर्नुपर्ने बताउनुभयो । संसदले टेबल गर्न नहुने एमसीसीलाई टेबल गरेर राष्ट्रघात शुरु भएको बताउनु भएको थियो।
कार्यक्रममा नेकपा ९मसाल०का जिल्ला प्रबक्ता धनपति सापकोटाले युरोनियम जस्तो बहुमुल्य बस्तु र यहाँ पाइने खनिजलाई गिद्धेनजर राखेर एमसीसी ल्याइएको बताउनु भएको थियो। कार्यक्रम नेकपा नेतृ दुर्गा बस्याल पाण्डेको संचालनमा भएको थियो ।

Leave A Reply

Your email address will not be published.