Jilla Ban Notis

एन आईसी एसिया बैकद्धारा धार्मिक पर्यकटकीय स्थलहरु डस्बीन बितरण ।

0 26
गौरीशंकर जयसवाल
परासी २३ फागुन
     पश्चिम नवलपरासीमा धार्मिक तथा पर्यटकीय स्थलहरुमा फोहारा व्यवस्थपनको लागि डस्बीन बितरण गरिएको छ । नवलपरासीको बिभिन्न स्थानहरुमा  धार्मिक तथा पर्यटकीय स्थलहरुमा एन आईसी एसिया बैक ली शाखा परासीले डस्बीन बितरण गरेको हो । धार्मिक तथा पर्यटकीय स्थलहरु बह्य तथा आन्तरिक पर्यटकहरु जाथभावी फोहोर फल्दा त्यस क्षेत्रमा फोहार देखिने गरेकोले फोहोर व्यवस्थापनको लागि डस्बीन बितरण गरीएको शाखाले जनाएको छ ।
नवलपरासीको  धार्मिक तथा पर्यटकीय स्थलहरुमा फोहारा व्यवस्थपनको लागि दुई वटाको दरले प्रत्येक डस्बीन बितरण गरिएको शाखा प्रबन्धक प्रबिन रायमाझीले जानकारी दिए ।   रामग्राम स्तुपमा ,सुनवल नगरवापालिका रहेको बाबा बर्दगोरिया ,कृष्ण मूर्ति स्थलमा बर्दघाट नगरपालिकाको शिवालय मन्दिर अन्य स्थान गरी १० थान डस्बीन बितरण गरिएको शाखाले जानएको छ । रामग्राम स्तुपमा रामग्राम स्तुप संरक्षण समीतिका अध्यक्ष शम्भु प्रसाद उापध्यायलाई दुई वटा फोहार व्यवास्थपनको लागि डस्बीन बितरण गरेको र अन्य स्थनमा समीतीका अध्यक्षहरुलाई २ वटा दरले बितरण गरेको थियो ।

Leave A Reply

Your email address will not be published.