Jilla Ban Notis

उजैनीमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत  लैंगिक हिंसा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

0 23

परासी,मंसिर १८
रामग्राम नगरपालिका तथा महिला बिकास तथा बालबालिका कार्यालय पश्चिम नवलपरासीको आयोजनामा रामग्राम नगरपालिका वडा न ७ उजैनीमा “समानताको पुस्ता बलात्कार बिरुद्ध एक्यवद्धता“ भन्ने मुल नारासहित लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत आज दशौ दिन लैंगिक हिंसा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । रामग्राम नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवशंकर हरिजनको अध्यक्षता तथा रामग्राम नगरपालिकाकी उपमेयर रम्भा कुवरको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै उप प्रमुख कुवरले राजनितिक, आर्थिक,पारिवारिक र सामाजिक रुपमा सबै क्षेत्रमा महिलाहरुको समान अस्तित्व नरहेको र कुनै न कुनै रुपमा महिलाहरु प्रताडित हुनु पर्ने अवस्था रहेको बताउनु भएको छ । प्राय सबै ठाउहरुमा महिलाहरु बिभिन्न तवरले शोषित हुनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य अझै नभएको परिप्रेक्षमा सबै महिला दिदिबहिनीहरु समानताका लागि हिंसा बिरुद्द एकताबद्ध भएर अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो।  उहाले महिलामाथी को सामाजिक दृष्टिकोणमा पुर्ण रुपमा परिवर्तन नआईसकेकाले सामाजिक आर्थिक र घरेलु हिंसा जस्ता हरेक हिंसा विरुद्ध प्रत्येक महिलाले आवाज उठाउनु पर्ने बेला आएको बताउनु भएको छ । हरेक किसिमका हिंसामा पर्ने महिलाहरु शोषित मात्रै भएर नबस्न आग्रह गर्दै उपप्रमुख कुवरले कहि कतै बाट हिंसा भए सम्बन्धित निकाय वा नगर अन्तर्गतको न्यायिक समितिमा जान समेत आग्रह गर्नु भयो। उहाले समानताले नै हिंसा मुक्त समुन्नत समाज निर्माणको परिकल्पना गर्न सकिनेमा जोड दिनु भयो। कार्यक्रममा रामग्राम नगरपालिकाको कार्यपालिका सदस्य सुमिता श्रेष्ठ लगायत रामग्राम नगरपालिका वडा नम्बर ७ का स्थानिय महिलाहरु लगायत ६० जनाको सहभागिता रहेको थियो । नवलपरासीमा लैङ्गकि हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सरकारी तथा विभिन्न गैरसरकारी संघ सस्थाहरुको आयोजनामा देशैभर लैङ्िगक विभेद र महिला हिंसा सम्बन्धि विभिन्न किसिमका सचेतना मुलक कार्यक्रमहरु सन्चानल भैरहेका छन।

Leave A Reply

Your email address will not be published.