Sarawal sit lahar Notis

ईलाका प्रहरी कार्यालय बर्दघाटद्धारा लागुऔषध सहित २ जना पक्राउ ।

0 229

कृष्ण ढकाल
बर्दघाट,माघ–१९
ईलाका प्रहरी कार्यालय बर्दघाटले लागुऔषधको कारोवार गर्ने बर्दघाट–४,हरियालीनगरका २ युवालाई पक्राउगरेको छ । लागुऔषधको कारोवार गर्ने गरेको सुचना पाएकै आधारमा उनीहरुको घरमा खान्तलासी गर्दा ठुलोमात्रामा नै लागुऔषध फेला परेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक कृष्ण प्रसाद घिमिरेले बताउनु भएको छ ।
गत आईतवार बर्दघाट–४,हरियालीनगरका ३६ बर्षीय सन्तोष तुलाचनको घरमा खान्तलासी गर्दा उनको कोठामा खाडलखनी गाठेर राखेको अवस्थामा फेला परेको प्रहरी निरिक्षक घिमिरेले जानकारी दिनुभएको छ ।

लागुऔषध फेला परेसंगै पक्राउ परेका तुलाचन र कारोवारमा सम्लग्न सोही ठाउका २३ बर्षीय सुरज रजाली मगरलाई नवलपरासी जिल्ला अदालतमा म्याद थपगरी थपअनुसन्धान गरीरहेको प्रहरी निरिक्षक घिमिरेले जानकारी दिनु भयो ।

प्रहरीले लागुऔषधका कारोवारी तुलाचनको घरवाट विभिन्न प्रकारका लागुऔषध सहित नगद ११ हजार एक पचिस रुपैया पनि वरामत गरेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.