Jilla Ban Notis

आन्दोलनरत उखु किसान र सरकार बीच आज चारबुंदे समझदारी

0 53

पुस–१३
आन्दोलनरत उखु किसान र सरकार बीच आज चारबुंदे समझदारी भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको वार्तामा सरकारले किसानहरुले चिनी मिलहरुबाट पाउनुपर्ने रकम २१ दिनभित्र दिलाउने प्रतिवद्धता जाहेर गरीएको छ ।

१६ दिनदेखि सर्लाही लगायतका जिल्लाबाट काठमाडौंको माइतीघरमा धर्ना बसेका उखु किसाहरु आन्दोलन रोक्न तयार भएका छन् । उद्योगीको बैंक खाता रोक्का गर्ने, यात्रामा प्रतिबन्ध लगाउने र २१ दिनभित्र सबै रकम भुक्तानी नभए जयजेथा राज्यले लिएर किसानलाई पैसा दिने समझदारी भएको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले जनाएका छन् ।

सोमबार भएको सहमतिमा उखु किसानहरुको बक्यौता उठाउने जिम्मा मन्त्रालयले लिएको छ । साथै उखु किसानका अन्य समस्या समाधान गर्न अध्ययन कार्यदल गठन गर्ने सहमति भएको छ ।

कार्यदलको जिम्मेवारी पनि सहमति पत्रमै किटान गरिएको छ, जसअनुसार बक्यौता रकमबारे किसानले गरेको दाबी र चिनी उद्योगीको दाबीबारे अध्ययन गरेर कार्यदलले सुझाव पेश गर्नेछ भने सरकारले तोकेको समर्थन मूल्य किसानले पाए नपाएको पनि हेर्नेछ ।  @ अनलाईनखवर

Leave A Reply

Your email address will not be published.