Jilla Ban Notis

आत्म शान्ति अनाथ आश्रम मणीग्रामको २३ औं वार्षिक साधारण सभा सम्पन्न ।

आश्रमको नाम रामचन्द्र मैनादेवि अनाथ आश्रम राख्नका लागि पहल गर्ने वडाध्यक्षको प्रतिवद्धता ।

0 44

कृष्ण ढकाल
मणिग्राम,पौष–७
अनाथ तथा असहाय महिला कल्याण समाज मणीग्रामद्वारा सञ्चालित आत्म शान्ति अनाथ आश्रमको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । समाजकी अध्यक्ष मैनादेवि भण्डारीको अध्यक्षता र तिलोत्तमा वडा नम्बर ६ का वडाध्यक्ष सुकदेव न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको थियो । सो अवसरमा वोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा वडाध्यक्ष न्यौपानेले बालवालिकाहरुको संरक्षणका लागि आश्रम सञ्चालनमा सहयोग गर्ने प्रतिवद्वता जाहेर गर्नु भएको थियो । त्यसैगरी आगामी दिनमा आश्रम संचालनका लागि नगरपालिकाले जिम्मा लिने र आश्रमको नाम रामचन्द्र मैनादेवि अनाथ आश्रम राख्नका लागि पहल गर्ने समेत प्रतिवद्धता जाहेर गर्नु भएको थियो । सिता वास्ताकोटीको स्वागतवाट शुरु भएको कार्यक्रममा बोल्ने राजनीतिकर्मी, विभन्न आमा समूहका अध्यक्ष तथा प्रतिनिधि, स्थानीय समाजसेवीहरुले आश्रम सञ्चालनका लागि सहयोग जुटाउने प्रतिवद्वता जनाएका थिए । उनीहरुले अभिभावक बिहीन बालवालिकाको नैसर्गिक अधिकारका लागि सबै प्रकारका सहयोग जुटाउने प्रतिवद्वता जनाएका हुन । अभिावक बिहिन तथा असहाय बालवालिकाको लागि रुपन्देहीको तिलोत्तमा वडा नम्बर ६ मा अनाथ आश्रम सञ्चालन गरिएको छ । सडक बालवालिकादेखि अभिावक नभएकाहरुका लागि २०५३ सालमा आश्रम स्थापना गरि संचालनमा ल्याईएको हो ।  त्यसैगरी आश्रमकी अध्यक्ष मैनादेवी भण्डारीले आश्रमवाट अहिले सम्म २५ जना वालबालिका लाई पढाएर रोजगारी प्रदानगरी तथा विवाहगरी विदाई गरी सकेको बताउनु भएको थियो । शुरुका दिनमा मुठीदानवाट पालनपोषण शुरु गरेपनि पछि सहयोगी हातहरु क्रमश आउने गरेको र भौतिक तथा आर्थिक सहयोग जुट्दै गएको अध्यक्ष भयडारीले बताउनु भएको छ । अहिले सम्म सहयोगवाट प्राप्त रकम संकलन गरी ४८ लाखको अक्षयकोष स्थापना भैसकेको बताउदै अब आगामी वर्ष यसलाई १ करोड पुर्याउने लक्ष्य रहेको अध्यक्ष भण्डारीले बताउनु भयो । उहांले आश्रम तिलोत्तमा नगरपालिकाको सम्पति भएको उल्लेख गर्दै नगरपालिकाको आर्थिक भौतिक सहयोग आवश्यक रहेको समेत बताउनु भयो ।
कार्यक्रममा बर पिपल महिला समूहकी अध्यक्ष कमला आचार्य पोखरेल, एकता महिला समूहकी अध्यक्ष राममायां पौडेल, जागृति आमा समूहकी सल्लाहाकार गीता न्यौपाने, शान्ति सृजना आमा समूहकी सल्लाहाकार इश्वरीमायां अर्याल, कमल घिमिरे, सिता वास्ताकोटी लगायतले बोल्दै आश्रम सञ्चालनका लागि सबैको सहयोग आवश्यक पर्नेमा जोड दिएका थिए । तिलोत्तमा मणिग्रामकी मैनादेवी भण्डारीको एकल प्रयासमा सञ्चालित अनाथ आश्रमा अहिले ११ जना बालवालिकालाई संरक्षण गरिएको छ । मैनादेवी भण्डारीको अध्यक्षता र कृष्ण ढकालको सञ्चालनमा भएको कार्यक्रममा आत्मशान्ति अनाथ आश्रमले शान्ति नमूना माध्यामिक विद्यालका ५ र मेदिनी आधारभूत विद्यालयका ५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री र स्वीटर समेत वितरण गरेको थियो ।

Leave A Reply

Your email address will not be published.