Bardaghat Na pa

आज कुशे औँशी पर्व तथा बाबुको मुख हेर्ने दिन

63

भाद्र–३
आज भाद्र कृष्ण औँसी अर्थात कुशे औँशी पर्व तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर(घरमा भित्राउने दिन । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ ।
आज छोराछोरीहरू परम्पराअनुसार आ(आफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।  तर पछिल्लो समयमा भने सबैले आफ्ना बाबाहरुको फोटो सामाजिक संजालमा पोष्टगरेर बाबालाई सम्झनेहरुको निक्कै प्रचलन आएको छ ।