Jilla Ban Notis

अमरौटमा छैठौं खिचडी (माघी) सांस्कृतिक कार्यक्रम सम्पन्न् ।

0 57

कृष्ण ढकाल
अमरौट,पौष–२६
रामग्राम नगरपालिका वडा नं १४ अमरौटमा रहेको अमौट महिला वचत तथा ऋण सहकारी संस्थाले शनिवार छैठौं खिचडी अर्थात माघी सांस्कृतिक कार्यक्रम सम्पन्न् गरेको छ । संस्थाकी अध्यक्ष सिन्धु चौधरीको अध्यक्षता र रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको थियो । कार्यक्रमको समुद्घाटन गर्दै नगर प्रमुख गुप्ताले थारु समुदायले मनाउने महान चाड माघीले संस्कार र संकृतिको संरक्षण गर्नमा थप टेवापुग्ने धारणा राख्नु भएको थियो । उहांले यस प्रकारका संस्कृति संरक्षणका कार्यक्रमहरुको निरन्तरताका लागि नगरपालिकाले पनि साथ दिने बताउनु भयो । कार्यक्रममा वाडध्यक्ष पारसनाथ चौधरी,वडा सदस्यचन्द्र कुमार िन्यौपाने,कार्यपालिका सदस्य रोशन कुमार शाह,नवलपरास िउद्योग वाणीज्य संघका महासचिव गिरीराज पाण्डे,समाजसेवी बद्री आलम गाउा दर्पाणका कार्यकारी निर्देशक कृष्ण ढकाल लगाएतको उपस्थिती रहेको थियो । रामग्राम नगरपालिका र वडा नं.ं १४ को आर्थिक सहयोगमा भएको उक्त कार्यक्रमको संचालन अमृता चौधरी र मुक्ति चौधरीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.